पोखरा भ्यूज
६ कात्तिक, पाल्पा । पाल्पाको रानी महल घुमेर फर्कने क्रममा जिप दुर्घटना हुँदा आइतबार ज्यान गुमाएका सबै जनाको पहिचान खुलेको छ । उनीहरु एकै परिवारका सदस्य रहेको खुलेको छ। प्रहरीका अनुससार उनीहरू पूर्वी नवलपरासीको देवचुली नगरपालिका रजहरका बासिन्दा हुन् ।
दुर्घटनमा ज्यान गुमाउनेमा देवचुली नगरपालिका १६ रजहर ६५ वर्षीय कृष्णबहादुर लोहनी, ३५ वर्षीया सविना धिताल, ५५ वर्षीया पार्वती लोहनी, ११ वर्षका सविस लोहनी, साढे दुई वर्षका इशव लोहनी र लम्जुङको बेसीशहर नगरपालिका–२ बस्ने ५५ वर्षीया चुना धिताल हुन् । चुना धिताल कृष्णबहादुर लोहनीकी सम्धिनी हुन् ।

चालकको अवस्था गम्भीर रहेको र उनको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ ।जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
दुर्घटनामा सख्त घाइते भएका जिप चालक ईश्वरबहादुर लोहनीसमेत त्यही परिवारका सदस्य हुन् ।अहिले रजहर गाउँ पुरै शोकमा डुबेको छ । लोहनी परिवार दशैंको अवसरमा घुम्न गएको थियो ।







