15Shares

काठमांडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)मा असन्तुष्ट पक्षद्वारा समानान्तर समिति घोषणा गरेको छ । एनआरएनएमा असन्तुष्ट पक्षद्वारा राजेन्द्रकुमार शर्मा(आरके)को नेतृत्वमा नयाँ कार्यसमिति घोषणा गरिएको हो । अष्ट्रेलियामा रहेको कम्पनी, भेरोद्वारा फेस भेरिफिकेशन पद्धति प्रयोग गरी भएको मतदानका क्रममा गम्भीर त्रुटि देखिएको भन्दै शर्माको नेतृत्वमा अर्को कार्यसमिति बनाइएको बताइएको छ।

असन्तुष्ट पक्षले घोषणा गरेको  कार्यसमितिको उपाध्यक्षमा केशव पौडेल, खगेन्द्र न्यौपाने, राज रेग्मी, नारायण आचार्य, सुनिल शाह, गङ्गाधर गौतम, गोबिन्द श्रेष्ठ(रोविन)चयन भएका छन् । त्यस्तै महिला उपाध्यक्षमा रोजिना प्रधान राई र युवा उपाध्यक्षमा अबदुल वासिद चयन गरिएको निर्वाचन समितिले जानकारी दिएको छ । त्यस्तै महासचिवमा बुद्धिसागर सुवेदी सर्वसम्मत रुपले चयन भएका छन् ।

उपमहासचिवमा सोम सापकोटा, प्रविण गुरुङ र प्रमोद सिटौला चयन भएका छन् भने सचिवमा कृष्ण गिरी, लोक दाहाल, दयानिधी सापकोटा, टंक गैरे, केपी सिटौला, स्वतन्त्रप्रताप सिंह, मनोज गोर्खाली, भीम केसी कमल, राजेन्द्र पुडासैनी चयन भएका छन् । महिला सचिव बिमला सापकोटा चयन भएको बताइएको छ।

कोषाध्यक्षमा ठाकुरप्रसाद ढुङ्गाना र सह कोषाध्यक्ष तिलक गैरे, कृष्णा तिमल्सीना, मोहम्मद मुस्तफा साथै महिला सहकोषाध्यक्षमा तृष्णा शर्मा चयन गरिएको छ।

यता महिला संयोजकमा देविका केसी, युवा संयोजकमा रविन अधिकारी, क्षेत्रीय संयोजकतर्फ युरोपबाट चिन्तामणि सापकोटा, युरोपबाटै क्षेत्रीय उपसंयोजक शंकर डाँगी, भीमसेन थापा र रमेश काफ्लेको नाम राखिएको छ।

त्यस्तै मध्यपूर्व संयोजकमा राजेन्द्र अर्याल, मध्यपूर्व उपसंयोजकमा रमेश श्रेष्ठ, माधव पौडेल, लाल पुन चयन गरिएको छ।

गैरआवासीय नेपाली संघ एनआरएनएको अध्यक्षमा बद्री केसी निर्वाचित भएको घोषणा गरिएको थियो। उनले शनिबार पदभारसमेत ग्रहण गरिसकेका छन्।

असन्तुष्ट पक्षले उनलाई अध्यक्ष स्वीकार गरेको थिएन। नयाँ नेतृत्वका लागि महेशकुमार श्रेष्ठ, रवीना थापा र बद्री केसी चुनावी प्रतिस्पर्धामा थिए । रवीनाले महेशलाई समर्थन जनाउँदै उम्मेदवारी फिर्ता लिएकी थिइन्।

केशव पौडेललाई बद्री केसीको समूहले पनि उपाध्यक्ष निर्वाचित भएको घोषणा गरेको थियो। तर, उनले निर्वाचनमा धाँधली भएको भन्दै परिणाम स्वीकारेका थिएनन्।

कार्यसमितिको सम्पूर्ण नामावली अन्तिम टुंगो लागेपछि केही दिनभित्र शपथ कार्यक्रम राखेर काम अघि बढाइने अध्यक्ष शर्माले जानकारी दिए।

15Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected