1Shares

पोखरा भ्यूज
११ कात्तिक, पोखरा । आज खण्डग्रास चन्द्रग्रहण लाग्दै छ । कोजाग्रत पूर्णिमाको रात लाग्ने चन्द्रग्रहण नेपालबाट देख्न सकिनेछ । खण्डग्रास ग्रहणको सुरुवात शनिबार राति १ बजेर २० मिनेटबाट आरम्भ भई २ बजेर ३८ मिनेटमा मोक्ष हुनेछ ।

खण्डग्रास चन्द्रग्रहणको कुल अवधि १ घण्टा १८ मिनेटको हुनेछ । यो खण्डग्रास चन्द्रग्रहण नेपालका सबै भूभागबाट देखिनेछ खगोलविद्हरुले बताएका छन् ।

उनीहरुका अनुसार युरोप, अफ्रिका र एसियाको पूरै भूभागबाट र अस्ट्रेलिया तथा उत्तर र दक्षिण अमेरिकाको केही स्थानबाट समेत देख्न सकिनेछ । गत वर्ष कात्तिक ८ गते सूर्यग्रहण र २२ गते चन्द्रग्रहण लागेको थियो ।

 

1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected