0Shares

पोखरा भ्यूज
११ कात्तिक,वीरेन्द्रनगर । महिलामाथि दुव्र्यवहारको आरोप लागेका नेपाल प्रहरीका डिएसपी भीमलाल भट्टराई निलम्बनमा परेका छन् । तत्कालीन समयमा उनी जिल्ला प्रहरी कार्यालय हुम्लाको प्रमुख थिए । हाल उनलाई कर्णाली प्रदेश प्रहरी कार्यालय तानिएको थियो ।

मदिरा सेवन गरेर महिला प्रहरीलाई दुर्व्यवहार गरेको उजुरीपछि उनलाई प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको हो । उनलाई जिम्मेवारीबाट हटाएर हाल उनको ठाउँमा रवीन्द्र खनाल जिम्मेवारी दिइएको छ ।

डिएसपी भट्टराई यसअघि पनि विभागीय कारबाहीमा परेका थिए । इलाका प्रहरी कार्यालय बुटवलमा हुँदा कार्यालयमै मदिरा सेवन गरेको र आदेश पालना नगरेको अभियोगमा उनको जिम्मेवारी खोसिएको थियो। यो २०७७ वैशाखको घटना हो ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected