27Shares

पोखरा भ्यूज

१२ कात्तिक, बारा। चितवनबाट वीरगञ्ज जाँदै गरेको ना ७ ख ४७४९ नम्बरको बस बारामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

दुर्घटनामा भारतको मोतिहारी घर भई हाल वीरगञ्ज बस्दै आएका २७ वर्षीय मुकेश साहको मृत्यु भएको प्रहरीले बताएको छ । बस शनिबार राति जितपुर उपमहानगरपालिका २ सिमरा चोकमा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा बाराको कलैया उपमहानगरपालिका २० का ४५ वर्षीय वीरबहादुर महतो, पर्साको वीरगञ्ज महानगरपालिका ८ का ३० वर्षीय सुरज साह कानु, सोही ठाउँका १८ वर्षीय प्रिया गुप्ता, १६ वर्षीया मनिषा साह र २८ वर्षीय मोहन साह रहेका छन् ।

यस्तै वडानम्बर १२ बस्ने २३ वर्षीया सेजल गुरुङ, सोही ठाउँका ५२ वर्षीय ललन चौरसिया, २७ वर्षीय राजनकुमार गुप्ता, बाराको कलैया ७ का १८ वर्षीय प्रसाद गुप्ता, सोही ठाउँका ३५ वर्षीय अविनाश गुप्ता र बारा जितपुरसिपरा उपमहानगरपालिका २ का १९ वर्षीय अनिष राई पनि घाइते छन् ।

27Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected