64Shares

पोखरा भ्यूज

पोखरा, १२ कात्तिक । नेपाल भ्रमणका रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको स्वागत सुरक्षाका लागि अन्नपूर्ण बेस क्याम्पमा विषेश तयारी गरिएको गुटेरेस मंगलबार बिहान जलवायु परिवर्तनको असरबारे बुझ्न हेलिकोप्टरबाट अन्नपूर्ण आधार शिविर जाने छन् त्यहाँ उनले आधा घण्टा बिताउने छन् मंगलबार नै उनि पोखरा फर्केर लुम्बिनी जाने कार्यक्रम रहेकोछ

गुटेरेसको स्वागतका लागि अन्नपूर्ण गाउँपालिकाको तर्फबाट स्थानीय गुरुङ संस्कृति अनुसार स्वागतको तयारी भइरहेको अन्नपूर्ण गाउँ पालिकाकाका प्रवक्ता भरतमान गुरूङले बताए

गुटेरेसको भ्रमण साथै कार्यक्रमको तयारी व्यवस्थापनसँगै स्वागतको लागि अन्नपूर्ण आधार शिविरमा जनप्रतिनिधि नेपाली सेनाको टोलीसहित नेपाल प्रहरी पुगिसकेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर केसी वडा नं.-११ का वडाध्यक्ष हिम बहादुर गुरुङ सहितको टोली आईतवार नै अन्नपूर्ण बेस क्याम्प पुगिसकेका हुन् 

नेपाली सेनाको श्री नारायणदल गणका क्याप्टेन बाबरप्रताप शाह नेतृत्वको सेनाको टोली, छोम्रोङ  पर्यटन व्यवस्थापन समितिको अध्यक्ष जगनरास  गुरुङ नेतृत्वको टोली  कास्की जिल्ला प्रहरी कार्यलयबाट प्रहरी इन्सपेक्टर भुवन बराम नेतृत्वको प्रहरी टोलीले व्यवस्थापनको कार्यसँगै स्वागतको तयारी गरिरहेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर केसी बताए

कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्ने अन्नपूर्ण आधार शिविर संसार भर परिचित पदयात्रा पर्यटन गन्तव्यमा रहेको छ 

आइतवार सुरक्षा निकायले पोखरा विमानस्थलदेखि फिस्टेल लजसम्म गुटेरेसको सुरक्षाको पूर्वाभ्यास गरेका छन् । उनलाई पोखरामा तीनै तहको सरकार पर्यटन व्यवसायीले सोमवार स्वागत गर्ने तयारी । अन्नपूर्ण आधार शिविरमा वटा मात्र हेलिप्याड रहेकोमा महासचिवको भ्रमणलाई सहज बनाउन थप वटाहेलिप्याड निर्माण गरिएको

64Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected