0Shares
पोखरा भ्यूज
१३ कात्तिक, बारा । अज्ञात समूहको गोली प्रहारबाट गम्भीर घाइते भएका बाराका शिक्षक रूपेश स्वर्णकारको मृत्यु भएको छ।
उपचारका क्रममा सोमबार दिउँसो करिब २ बजेतिर स्वर्णकारको वीरगञ्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको हाृे । मोटरसाइकल चढेर आएका नचिनेका व्यक्तिहरूले सोमबार दिउँसो करिब सवा १ बजेतिर उनीमाथि गोली प्रहार गरेका थिए।

उनको घाँटी र टाउकोमा गोली लागेको थियो। उनी कलैया उपमहानगरपालिका वडा नम्बर ६ मदरसा टोलमा बाल एकता बोर्डिङ स्कुलका प्राचार्य थिए । गोली चलाउने समूहको खोजी भइरहेको प्रहरीले बताएको छ।



0Shares




© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।