0Shares

पोखरा भ्यूज
१३ कात्तिक, बारा । बारामा प्राचार्यको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। यद्यपि पक्राउ परेका व्यक्तिका बारेमा प्रहरीले केही पनि खुलाएको छैन ।

उनी कलैयाबाट प्रक्राउ परेका थिए । पक्राउ परेका व्यक्तिले कलैया उपमहानगरपालिका वडा नम्बर ६ स्थित बाल एकता स्कुलका प्राचार्य रूपेश स्वर्णकारको गोली हानेर हत्या गरेको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

३९ वर्षीय स्वर्णकारमाथि मोटर साइकलमा आएका दुई व्यक्तिले गोली प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका थिए । स्वर्णकारको घाँटी र टाउकोमा गोली लागेको थियो । उनको उपचारका क्रममा मत्यु भएको हो ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected