2Shares

पोखरा भ्यूज

१३ कात्तिक, काठमाडौं । आफ्ना पतिको हत्यामा दोषी ठहर भएका रिगल भनिने योगराज ढकालको कैद मिनाहा गर्ने सरकारको निर्णय विरुद्ध अनसन थालेकी भारती शेर्पा सोमबार आयोजित पत्रकार सम्मेलनस्थलमै बेहोस भएकी छन् ।

गत शुक्रबारदेखि अनसन थालेकी उनी सोमबार रिपोर्टस क्लबमा पत्रकार सम्मेलनमा पुगेकी थिइन् । पत्रकार सम्मेलनमा अरु वक्ताहरुले बोल्ने क्रममा उनी बेहोस भएपछि वीर अस्पताल लगिएको छ ।

उनी यसअघि सर्वोच्च अदालतमा तारिख लिन जाँदा पनि बेहोस भएर ढलेकी थिइन् । आफ्नो पतिको हत्यामा संलग्नलाई दिइएको कैद छुटको निर्णय खारेज हुनुपर्ने माग राखी उनले असोज १७ गतेदेखि अनसन थालेकी थिइन् । दशैं विदामा अनसन स्थगित गरेकी उनले गत शुक्रबारदेखि फेरि रिले अनसन जारी राखेकी छन् ।

शेर्पाले आफ्ना पति चिरन मानन्धरको हत्यामा संलग्न बाँकेका रिगल ढकालको कैद मिनाहा गर्ने मन्त्रिपरिषदको सिफारिस र राष्ट्रपतिको निर्णय विरुद्ध सर्वोच्च अदालतमा समेत रिट निवेदन समेत दर्ता भई कारवाहीयुक्त अवस्थामा छ ।

2Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected