21Shares

पोखरा भ्यूज

१७ कात्तिक, रामेछाप। तारा एयरका दुई पाइलटबीच विमानस्थलमै भएको कुटाकुट प्रकरणमा रामेछापस्थित मन्थली विमानस्थलका प्रमुख अशोक थापा निलम्बनमा परेका छन् ।

तारा एयरका क्याप्टेन सन्तोष शाह र सञ्जीव श्रेष्ठबीच विमानस्थलमै कुटाकुट भएको विषयमा अनुसन्धान हुँदै गर्दा विमानस्थल प्रमुख थापा निलम्बनमा परेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

तारा एयरका क्याप्टेन सन्तोष शाह र सञ्जीव श्रेष्ठबीच विमानस्थलमै कुटाकुट भएको स्रोतले बताएको छ । शुक्रबार बिहान लुक्लाबाट मन्थली विमानस्थलमा जहाज अवतरण गराएका पाइलटबीच जहाजबाट झरेपछि हात हालाहाल भएको थियो ।

मन्थली विमानस्थलमा हात हालाहाल गर्ने दुई पाइलटलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले ग्राउण्डेड गरेको छ । प्राधिकरणले झगडाको विषयमा थप अनुसन्धान गर्दै छ ।

21Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected