2Shares

काठमाडौँ । नेपाल ट्वान्टी-२० विश्वकपमा छनोट भएको छ । शुक्रबार यूएईविरुद्धको ट्वान्टी-२० विश्वकप छनोट एसिया क्षेत्रको सेमिफाइनल खेलमा नेपालले ८ विकेटले जित्दै अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपका लागि नेपाल छनोट भएको हो । १ सय ३५ रनको विजय लक्ष्य नेपालले १७ ओभरमै पूरा गर्न सफल भएको थियो ।

ट्वान्टी-२० विश्वकप छनोट एसिया क्षेत्रको फाइनलमा पुग्ने टोली विश्वकपमा पुग्ने प्रावधान छ । कीर्तिपुरमा भएको अर्को सेमिफाइनलमा ओमानले बहराइनलाई १० विकेटले पराजित गरी नेपालसँगैं विश्वकपमा पुगेको हो । १ सय ७ रनको लक्ष्य ओमानले १४.१ ओभरमै पुरा गरेको थियो ।

नेपालले दशकपछि ट्वान्टी-२० विश्वकप खेल्न लागेको हो । नेपालले यसअघि पहिलो र पछिल्लो विश्वकप २०१४ मा बंगलादेशमा खेलेको थियो ।
ट्वान्टी-२० विश्वकप छनोट एसिया क्षेत्र अघि भएको नेपाल ट्वान्टी२० आई शृंखलामा नेपालले यूएईलाई मूलपानीमा भएको दुवै खेलमा पराजित गरेको थियो । तर कीर्तिपुरमा भएको फाइनलमा यूएईले नेपाललाई ४ विकेटले पराजित गरेको थियो ।

गत वर्ष ओमानमा सेमिफाइनलमा यूएईसँगै पराजित हुँदा नेपाल ट्वान्टी-२० विश्वकपमा छनोट हुन असफल भएको थियो ।

2Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected