1Shares

पोखरा भ्यूज
१८, कात्तिक, जाजरकोट । जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति ११ः४७ बजे ६.४ म्याग्निच्युडको भूकम्प जाँदा पश्चिम नेपालमा ठूलो धनजनको क्षति भएको छ । यद्यपि क्षतिपको पूर्ण विवरण आउन बाँकी छ ।

राहत र उद्दारका कार्य हुँदै छन् । पछिल्लो विवरण अनुसार जाजरकोट र रुकम पश्चिममा गरी ६४ जनाको ज्यान गएको छ । तीमध्ये रुकुम पश्चिमा २७ र जारकोटमा ३६ जनाको ज्यान गएको प्रहरीले बताएको छ ।

भूकम्पमा परी ज्यान गुमानमा नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको समेत निधन भएको छ । उनी घरमा सुतिरहेको स्थानमा नै मृत भेटिएको प्रहरीले बताएको छ । उनी नेपाली काँग्रेसका तर्फबाट निर्वाचित भएकी थिइन् ।

दुवै जिल्लामा ९७ जना घाइते भएका छन् । घाइतेहरुले दुवै जिल्लाका अपस्ताल भरिएको छ । सयौं घर-गोठहरु भत्किएका छन् । यसले गर्दा मानवीय क्षति अझै बढी हुने आँकलन गरिएको छ । गम्भीर घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी छ । सरकारले त्यसतर्फ हेलिकप्टर पठाउने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित क्षेत्रमा जाँदै छन् ।

1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected