0Shares

पोखरा भ्यूज
१७ कात्तिक, विराटनगर । एमालेको समर्थनमा नेपाली काँग्रेसका नेता केदार कार्की नेतृत्वको बनेको कोशी प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी सहभागी भएका छन् ।

लामो रस्साकसीपछि माओवादी केन्द्र र एकीकृत समाजवादी सरकारमा सामेल भएको हो । यद्यपि एमाले संसदीय दलका नेता समेत रहेको पूर्वमुख्यमन्त्री हिक्मत बहादुर कार्कीले माओवादी केन्द्र र एकीकृत समाजवादीलाई समेटेर मन्त्रीमण्डल विस्तार नगर्न चेतावनी दिंदै आएका थिए ।

शुक्रबार साँझ भएएको मन्त्रीमण्डलमा विस्तारमा मुख्यमन्त्री कार्कीले माओवादी केन्द्रबाट गणेश उप्रेती र एकीकृत समाजवादी पार्टीबाट कमलप्रसाद जवेगूलाई मन्त्री नियुक्त गरेका हुन् ।

यद्यपि उनीहरुको मन्त्रालय तोकिएको छैन । नवनियुक्त दुवै मन्त्रीलाई प्रदेश प्रमुख परशुराम खापुङले आज शुक्रबार नै पद तथा गोपनियताको शपथ गराएका छन् ।

नेकपा एमालेको समर्थनमा काँग्रेसका ८ सांसदसहित विद्रोह गरेर संविधानको धारा १६८ को ५ अनुसार २७ भदौमा मुख्यमन्त्री बनेका कार्कीले २८ भदौमा कांग्रेस विद्रोही पक्षबाट समशेर राई र एमालेबाट राम रानालाई विना विभागीय मन्त्री नियुक्त गरेका थिए ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected