स्वास्थ्यकर्मीको टोलीसहित प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्र प्रस्थान
- November 4, 2023
- 1287

file phhoto

1Shares
पोखरा भ्यूज
१८ कात्तिक, काठमाडौं । नेपाली सेनाको स्वाथ्यकर्मीको टोलसहित प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्र जाजरकोट प्रस्थान गरेका छन् ।
नेपाली सेनाको मेडिकल स्वाथ्यकर्मीसहित प्रधानमन्त्री प्रचण्ड हेलिकप्टरमार्फत् जाजरकोट प्रस्थान गरेको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
जाजरकोटको बारेकोट केन्द्रविन्द्र भएर राति ११.४७ मिनेटमा ६.४ म्याग्निच्यूडको भूकम्पले नलगाड नगरपालिका, रुकुमपश्चिमको आठविसकोट नगरपालिकामा बढी क्षति भएको छ ।

भूकम्पमा परी दुई जिल्लामा ६४ जना बढीको मृत्यु भइसकेको छ ।

1Shares






© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।