1Shares

पोखरा भ्यूज
काठमाडौं । कार्तिक १७ गते जाजरकोटमा गएको भूकम्पपछि नेपाललाई सहयोग उपलब्ध गराउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रतिबद्धता अनुरुप भारु. १० करोड बराबरको आपतकालीन राहत सामग्रीको पहिलो खेप नेपालगञ्ज आइपुगेको छ ।
आइतवार भारतीय वायुसेनाको एक विशेष विमान सी-१३० ले ११ टनभन्दा बढी आपतकालीन राहत सामग्री लिएर आएको हो । आपतकालीन राहत सामग्रीमा भूकम्प प्रभावित मानिसहरुका लागि त्रिपाल, टारपोलिन सिट, कम्बल र स्लीपिङ्ग ब्याग, पोर्टेबल भेन्टिलेटर जस्ता चिकित्सा उपकरण र अत्यावश्यक औषधी रहेको भारतीय राजदूतावास काठमांडौद्वारा जारी बिज्ञप्तीमा जनाईएको छ ।
उक्त सामग्री भारत सरकारको तर्फबाट नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले कर्णाली प्रदेशका मुख्यमन्त्री राज कुमार शर्माको उपस्थितिमा नेपाल सरकारका उपप्रधानमन्त्री तथा रक्षा मन्त्री श्री पूर्ण बहादुर खड्कालाई राहत सामग्री हस्तान्तरण गरेका हुन् ।
बिज्ञप्तीमा भनिएको छ, आगामी दिनमा राहत सामग्रीका थप खेपहरु नेपाल आइपुग्ने अपेक्षा छ । घनिष्ट मित्र र छिमेकी भएको नाताले नेपालमा भूकम्पबाट प्रभावित भएकाहरुलाई हर सम्भव सहयोग गर्न भारत प्रतिबद्ध छ ।
छिमेकी मुलुक होस् या अन्य मुलुक संकटको बेला सहयोगको हात बढाउन भारत सदैव अगाडी रहेको छ । २०७२ सालको भूकम्पपछि नेपाललाई सहयोग गर्न भारत सरकारले सबैभन्दा सुरुमा तत्परता देखाएको थियो र बाह्य मुलुकमा अपरेशन मैत्री नामक सबैभन्दा ठूलो विपद राहत कार्य संचालन गरेको थियो । भारतले आवास, शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदा क्षेत्रमा दीर्घकालीन सहकार्यको एक हिस्साको रुपमा भूकम्पपछिको पुनर्निर्माणका लागि नेपाललाई एक अर्ब अमेरिकी डलर आर्थिक सहयोग गरेको थियो जसमा नेपालका गोरखा र नुवाकोट जिल्लाका ५०,००० घरहरुको पुनर्निर्माण कार्य समावेश थियो ।

1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected