२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

जाउँ है पोखरा अभियान उत्साहपूर्ण रुपमा सम्पन्न

पोखरा, २१ कात्तिक । जाउँ है पोखरा अभियान लिएर वर्षैपिच्छे प्रबद्र्धन अभियानमा निक्लँदै आएका पोखरेली पर्यटनकर्मीलाई पूर्वका वासिन्दाले यसपटक पोखरा घुम्ने प्याकेज के छ भनेर जिज्ञासा राखेका छन् ।

जाउँ है पोखरा अभियान लिएर १६ कात्तिकदेखि २० कात्तिक सम्म पूर्वी नेपालको भ्रमणमा निस्केको होटल संघ पोखरा नेपालको टोलीलाई पूर्वेलीले पोखरा घुम्न लाग्ने वजेट र प्याकेजबारे पत्रकार सम्मेलन र अन्तरक्रिया कार्यक्रममा सोधेका थिए ।

जवाफमा संघका अध्यक्ष लक्ष्मण सुवेदीले पोखरा संसारकै सबैभन्दा सस्तो पर्यटकीय गन्तव्य भनेर विभिन्न अन्तर्राष्ट्रिय ख्यातीप्राप्त वेब पोर्टल र प्रसिद्ध पत्रिकाले लेख्दै आएको स्मरण गराए । विश्व प्रसिद्ध फोब्र्स पत्रिका र अन्तर्राष्ट्रिय वेब पोर्टल प्राइस अफ ट्राभल डट कमले पोखरालाई संसारकै सबैभन्दा सस्तो पर्यटकीय गन्तव्य भनेर विगतमा उल्लेख गरेका थिए ।
प्याकेजबारे थप प्रष्ट पार्दै अध्यक्ष सुवेदीले कोभिडका कारण पर्यटन क्षेत्र थला परेको र यसलाई विस्तारै लयमा फर्काउन विगतमा पर्यटकीय सेवासुविधामा भारी छुट प्रदान गरिएको र अहिले पनि विभिन्न होटल, रेष्टुराँ, ट्राभल एजेन्सी र साहसिक पर्यटकीय गतिविधि संचालकहरुले कोभिड अघिको तुलनामा ५० प्रतिशतसम्म कम दरमा आफ्ना सेवाहरु बेचीरहेको अवगत गराए ।
पोखरा महानगरपालिकाको प्रबद्र्धनमा यसपटक संचालित कार्यक्रम अन्तर्गत बर्दिवास, जनकपुरधाम, इटहरी, विराटनगर, विर्तामोड, धनकुटा र चितवनमा संघले जाउँ है पोखरा अभियान संचालन गरेको थियो । पूर्व र पोखराविच पर्यटक तथा व्यवसायको आदानप्रदान र आन्तरिक पर्यटनको प्रवद्र्धनका लागि जाउँ है पोखरा अभियानलाई निरन्तरता दिइएको संघका महासचिव राजेन्द्र ढकालले जानकारी दिए । होटल तथा पर्यटन व्यवसायी संघ बर्दिवासका अध्यक्ष गोपाल कार्कीले पोखराका व्यवसायीले अघि सारेको पर्यटकीय साझेदारीको अवधारणा सकारात्मक रहेको बताए ।
पोखरामा पर्यटकको खर्च गर्ने क्षमता अनुसार एक हजार रुपैयाँदेखि दशौं हजार मूल्य पर्ने कोठाहरु उपलब्ध भएको भन्दै संघले पोखरा घुम्नका लागि पूर्वका वासिन्दालाई निम्ता प्रदान गरेको छ । अभियानको क्रममा पूर्वका व्यवसायी र पोखरेली व्यवसायीहरु विगतमा पोखराबाट भद्रपुर र विराटनगर जस्ता शहरसम्म संचालित सिधा हवाई उडानलाई पुनः नियमितता प्रदान गर्न पनि एकमत भएका छन् ।
होटल संघ नेपालका केन्द्रिय सदस्य भरतराज पराजुलीले सेवालाई दिगो बनाउने गरी अब तयारीका साथ  हवाई सेवालाई पुनः नियमित गरी स्तरीय पर्यटक बस सेवा समेत पोखरा जोड्ने गरी संचालन गरिनुपर्ने सुझाव राखे । यसका लागि आफूहरु तयार रहेको पूर्वका व्यवसायी भविशकुमार श्रेष्ठले प्रतिक्रिया जनाए ।
भ्रमण टोलीमा रहेका पोखरा पर्यटन पषिद्का अध्यक्ष पोमनारायण श्रेष्ठले स्थगित भएका पूर्व र पोखरा जोड्ने हवाई सेवा पुनः संचालन गर्न पहल भइरहेको बताउँदै चार लेनमा विस्तार हुँदै गरेको मुग्लिन–पोखरा सडक खण्डमा कालोपत्रे गर्ने कार्य सुरु भइसकेको स्मरण गराए । ‘पर्यटनका लागि कनेक्टिभिटि महत्वपूर्ण हुन्छ,’ उनले भने । यसैगरी पूर्वका विभिन्न शहरबाट पोखरासम्म स्तरीय बस सेवा संचालन गर्न समेत आपसी सहकार्यका लागि समेत दुबै क्षेत्रका व्यवसायी एकमत देखिएका छन् ।
होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशका अध्यक्ष हिरा गौतमले विदेशीले भन्दा नेपाली पर्यटकका खर्च गर्ने प्रवृद्धि बढी हुन पर्यटनका लागि सकारात्मक पक्ष भएको बताए । होटल संघ नेपाल कोशी प्रदेशका अध्यक्ष राजन श्रेष्ठले पर्यटन क्षेत्रप्रति सरकार सकारात्मक हुनुपर्ने बताए । होटल संघ नेपाल मधेश प्रदेशका अध्यक्ष राकेश झुनझुनवालाले जनकपुरको जानकी मन्दिर प्रचारमा नेपाल पर्यटन बोर्डले जोड दिनुपर्ने बताए ।
पोखराको होटल क्षेत्रमा पाँच खर्ब रुपैयाँ हाराहारीको लगानी रहेको, यस क्षेत्रका एक हजार दुई सय होटलमा ४० हजार विस्तारा रहेको र यो क्षेत्रमा १५ हजार जनाले रोजगारी पाएको आयोजक संघका अध्यक्ष सुवेदीले तथ्यांक सुनाए । दिगो पर्यटनका लागि आन्तरिक पर्यटन नै प्रमुख आधार भएको बताउँदै सुवेदीले नेपालीमा पनि घुम्ने संस्कृतिको विकास भएको र अहिले पोखरा घुम्न पुग्ने कूल पर्यटकमा आन्तरिक पर्यटकको दर ३५ प्रतिशत पुगेको सुनाए । ‘यस्तो हुनुमा जाउँ है पोखरा अभियानको प्रमुख देन छ,’ उनले भने । आन्तरिक पर्यटन प्रबद्र्धनकै लागि संघले फेवा नब वर्ष महोत्सव, भाइटिका महोत्सव, खाना महोत्सव जस्ता कार्यक्रमहरु समेत संचालन गर्दै आएको छ ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…