२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

क्याम्पस भवन निर्माणार्थ देउसीभैलो

पोखरा भ्यूज
पोखरा, २२ कात्तिक । पोखरा महानगरपालिका वडा नं. ३३, कालिकास्थान, भरतपोखरीमा सञ्चालित सरस्वती टिका बहुमुखी क्याम्पसको भवन निर्माणार्थ यही कात्तिक २४ गतेदेखि ३० गतेसम्म देउसीभैलो गरिने भएको छ ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी वि.सं. २०६९ सालमा स्थापित दक्षिण पोखराको एक मात्र सामुदायिक क्याम्पसले विभिन्न आरोह अवरोहका बीच १० वर्ष पार गरिसक्दा पनि आफ्नो भवन नहुँदा समस्या भोग्नुपरेको वास्तविकतालाई दृष्टिगत गरी भवन निर्माणका लागि देउसीभैलो गर्न लागिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष डिल्लीराम बरालले जानकारी दिए ।
दिगो आर्थिक स्रोत र भौतिक पूर्वाधारको अभावमा क्याम्पस संकटमा पर्दै गएको उल्लेख गर्दै उनले क्याम्पसको अस्तित्व र पहिचान टिकाउनु जरुरी रहेको बताए ।
सरस्वती टिका बहुमुखी क्याम्पसको जीवन रक्षाको निम्ति र दीर्घकालसम्म यस क्याम्पसलाई जीवन्त बनाउन शैक्षिक गतिविधि सञ्चालन गर्न क्याम्पसको जग्गा दर्ता प्रकृया, एक करोडसम्मको अक्षयकोष, आठ कोठे पक्की भवनको निर्माण तथा आगामी वर्षहरूमा बि.बि.ए लगायतका प्राविधिक विषयहरू सञ्चालन गर्न सहयोग जरुरी रहेको उनको भनाई छ ।
क्याम्पसको स्थापनाका लागि झन्डै ४९० जना सिनेटर सदस्यहरू संगठित भई विश्वविद्यालय तहको चार वर्षे बि.बि.एस. (व्यवस्थापन) तथा सामाजिकी तथा मानविकी शास्त्र संकाय  का कक्षाहरू सञ्चालन भैरहेको क्याम्पस प्रमुख महेन्द्रराज अधिकारीले बताए ।
क्याम्पसले आर्थिक तथा भौतिक संरचना विकासका अभावका वावजुत पनि शैक्षिक उपलब्धी हासिल गर्ने सन्दर्भमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको उनले बताए ।
दक्षिण पोखराको उच्च शिक्षा प्रदान गर्ने शैक्षिक गहना र सिंगो फुस्रेखोला र सेती नदी पारीका कृष्ति, निर्मलपोखरी, भरतपोखरी, स्याङ्जाको टक्सार, तनहुँ र पोखराको २९ र ३० नं. को वडा समेतलाई केन्द्रित गरि सेवा प्रदान गरिरहेको उनको भनाइ छ ।
कार्यक्रम अन्तर्गत प्रत्येक दिन २.०० बजेदेखि विभिन्न स्थान विशेष निर्धारण गरी दैउसीभैलो गरिने जनाइएको छ । जस अन्तर्गत कात्तिक २४ गते पोखरा-२१ दुवारदेखि लप्सीकुनासम्म, २५ गते पोखरा-३३ ठूूलढुुङ्गा चोकदेखि शान्ति टोलसम्म, २६ गते पोखरा-३३ का शान्ति टोल, चिसापानी, आदर्शटोलमा देउसीभैलो गरिने भएको छ । त्यस्तै २७ गते पोखरा-३३ आदर्श टोलदेखि सिस्ने, तोरीचौर, २८ गते पोखरा-३३ महाकालीचोकदेखि बसपार्कसम्म, २९ गते पोखरा-३३ बसपार्कदेखि तोरीपेल्ने चौतारा र ३० गते पोखरा-३३ शिववस्तीमा देउसीभैलो गरिने जनाइएको छ ।
प्रत्येक दिनमा गरिने देउसीभैलोका लागि सञ्चालक समितिका सहजकर्ता तोकिएको जानकारी दिदै अध्यक्ष बरालले स्थानीय व्यवस्थापनमा स्थानीय टोल विकास संस्था, आमा समूह, युवा क्लब, सहकारी र बन समुुहलाई जिम्मा लगाइएको बताए ।
क्याम्पसको यस अभियानमा वडा कार्यालय, पोखरा महानगरपालिका, प्रदेश सभा सदस्य एवम् संघीय सांसद, स्थानीय समाजसेवी, बुद्धिजीवि, शिक्षाप्रेमी एवम् सम्पूणर् राजनीतिक व्यक्तित्व र आम सर्वसाधारणलाई साथ र सहयोगका लागि अपिल गरिएको छ ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…