२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खेलकुद

खेलाडी कल्याणकारी कोषमा फिसटेल रेसको आयोजक भिआर-४६ को २५ हजार सहयोग

पोखरा भ्यूज

पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीको खेलाडी कल्याणकारी कोषमा फिसटेल रेसको आयोजक संस्था भिआर-४६ ले नगद रु २५ हजार सहयोग गरेको छ ।

भिआर-४६ का प्रवन्ध निर्देशक माइकल थापाले कल्याणकारी कोषमा नगद रु २५ हजार सहयोग हस्तान्तरण गरेका हुन् । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०र०८१ का लागि सो कोषमा ५ लाख प्रदान गरेको छ ।

भिआर-४६ सो कोषमा रकम दाखिला गर्ने पहिलो संस्था समेत भएको छ । खेलाडी कल्याणकारी कोषमा नगद रु २५ हजार जम्मा गरेको बताउँदै प्रवन्घ निर्देशक थापाले खेलाडीहरुको हितका लागि सहयोग गर्न पाएकोमा आफू हर्षित भएको बताए । उनले भने-“यो कोषको विषयमा जानकारी पाउँदा मलाई निकै खुसी लाग्यो । आफू पनि एक खेलाडी र प्रशिक्षक भएको नाताले यसमा रकम जम्मा गर्न पाँए नै त्यसमा पनि मेरो संस्था पहिलो भयो ।”

भिआर-४६ ले खेलाडी कल्याणकारी कोषमा नगद सहयोग गरेकोमा प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले आभार व्यक्त गरेका छन् । “यो नितान्त खेलाडी, प्रशिक्षक, रेफ्रि र खेल प्राविधिकहरुको हितका लागि गरिएको कोषको व्यवस्था हो”, उनले भने-“भिआर-४६ ले यसमा सहयोग गरेको छ । म आभार व्यक्त गर्दछु संगै यस्तै अन्य संघ संस्थाहरुलाई समेत कोषमा सहयोगका लागि आह्वान गर्दछु ।”

सो कोषको सञ्चालनका लागि बैंक खाता समेत खोली रकम संकलनको सुरुवात गरिसकेको सदस्य सचिव श्रीधर शर्माले बताए । सबै जिल्लामा सूचिकृत भएका रेफ्रि, प्राविधिक र खेल प्राविधिकहरुको लगत संकलन कार्य सम्पन्न भइसकेको जनाउँदै उनले जिल्लाहरुबाट संकलित रकम समेत सोही खातामा जम्मा हुने बताए ।

जिल्लामा सूचिकृत भएका रेफ्रि, प्राविधिक र खेल प्राविधिकहरुको वार्षिक जोखिम विमा र खेलाडीहरुको हकमा प्रतियोगिता अवधिभर कम्तिमा एक महिनाको विमा हुने गरी परिषदले राष्ट्रिय विमा संस्थान संग छलफल अघि बढाएको सदस्य सचिव शर्माले जनाए । उनले भने-“अहिले सबै जिल्लाको लगत संकलन कार्य भइरहेको छ । त्यो कार्य सकिने वित्तिकै हामी विमा गर्ने छौं”, उनले भने ।

भिआर-४६ ले पोखरामा नोभेम्बर २४ र २५ तारिख (मंसिर ८-९ गते) नेपालकै पहिलो ठूलो मोटरबाइक रेस ‘फिसटेल रेसिङ कप २०२३’ आयोजना गर्दैछ । जसमा ७० भन्दा बढिले सहभागिता जनाउँदै छन् । उक्त प्रतियोगिता पोखरा रंगशालामा सञ्चालन हुनेछ । भिआर-४६ ले रंगशाला परिशर भित्रको बाटोलाई फिसटेल रेस रुटको रुपमा मापन समेत गरिसकेको छ ।

Read more

बराहथान युवा क्लबको वार्षिकोत्सवमा गाउँस्तरीय भलिबल प्रतियोगिता, विजेतालाई ६१ हजार पुरस्कार

पोखरा । श्री बराहथान युवा क्लब, भिचुक पोखरा गुरुङ मगर सम्पर्क समाज अन्नपूर्ण गाउँपालिका–७, भिचुक, कास्कीले नेपालीहरूको महान् चाड शुभदीपावली (तिहार) को अवसरमा गाउँस्तरीय भलिबल प्रतियोगितासहित विविध सांस्कृतिक…

९औँ विश्वकर्मा भलिबल कप सम्पन्न, दाजुभाइ क्लब गल्याङ च्याम्पियन

पोखरा । विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीको आयोजनामा सञ्चालित नवौँ विश्वकर्मा भलिबल कप–२०८३ सम्पन्न भएको छ। असोज १ गतेदेखि पोखरा रंगशालामा सुरु भएको प्रतियोगिताको फाइनलमा दाजुभाइ क्लब…

पुम्दी–भुम्दी पर्वतीय दौडका लागि पोखरा–२२ एकजुट

पोखरा, ३१ भदौ। पोखरा महानगरपालिका–२२ पुम्दी–भुम्दीमा आगामी असोज २४ गते तेस्रो पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिता हुँदैछ। प्रतियोगितालाई सफल बनाउन जनप्रतिनिधि, स्थानीय संघ–संस्था, विद्यालय, युवा क्लब, व्यवसायी र…

मुस्ताङमा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण हुँदै

मुस्ताङ — विश्वकै सर्वाधिक उचाइमा रहेको मुस्ताङ गल्फ कोर्समा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण आयोजना हुने भएको छ। आगामी भदौ १५ गते हुने प्रतियोगिताको तयारी…

पोखरा रङ्गशालाको हरियाली अभियानमा इको नेक्स्टको साथ, ४ सय किलो प्राङ्गारिक मल सहयोग

पोखरा । पोखरा रङ्गशालामा जारी हरियाली तथा वृक्षारोपण अभियानलाई थप व्यवस्थित, दिगो र प्रभावकारी बनाउन इको नेक्स्ट टेक्नोलोजी प्रा.लि. ले ४ सय किलोग्राम इको अर्गानिक (प्राङ्गारिक) मल सहयोग…

रमेश–खेमको जोडी वडा अध्यक्ष कप ब्याडमिन्टन च्याम्पियन

पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ को आयोजनामा सम्पन्न ‘वडा अध्यक्ष कप खुला ब्याडमिन्टन प्रतियोगिता–२०८३’ मा रमेश गुरुङ र खेम तिमिल्सिनाको जोडी च्याम्पियन बनेको छ। आइतबार सम्पन्न…