0Shares

पोखरा भ्यूज

५ मंसिर, काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले माइतीघर मण्डलामा निषेधाज्ञा गरेको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

अधिवक्ता स्वागत नेपालले बिना हातहतियार शान्तिपूर्ण रुपमा भेला हुने नागरिकको अधिकार कुण्ठित गर्न निषेधाज्ञाको निर्णय गरिएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् ।

उक्त रिटमाथि बुधबार प्रारम्भिक सुनुवाइ हुने सर्वोच्च अदालत प्रशासनले बताएको छ । नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपाल र दुर्गा प्रसाईको नेतृत्वमा हुन लागेको प्रदर्शनलाई ध्यानमा राखी स्थानीय प्रशासनले माइतीघर मण्डला समेतका क्षेत्रमा ३० दिनसम्म् भेला हुन र प्रदर्शन गर्न नपाइने निर्णय गरेको थियो ।

उक्त निर्णय निर्णय बदर गरी निषेधाज्ञाको निर्णय खारेज हुनुपर्ने र नागरिकले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउनुपर्ने माग रिट निवेदनमा उल्लेख गरिएको छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected