80Shares

अन्नपूर्ण, कास्की कास्कीको घान्द्रुकस्थित उरीमा संचालनमा आएको तितेपाती प्रशोधन केन्द्रको राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाद्वारा निरीक्षण भएको अध्यक्ष तिमिल्सिनाको नेतृत्वमा चार दिने घान्द्रुक, घोडेपानी, भुक ताङलेको पदयात्रा मार्ग निरीक्षण अनुगमनको क्रममा सुक्रवार सो प्रशोधन केन्द्रको निरीक्षण भएको थियो

निरीक्षण अनुगमनमा पर्यटन बिज्ञ एवं राष्ट्रिय बित्त आयोगका सदस्य डा. जुद्व गुरूङसँगै स्थानीय तहका जनप्रतिनिधि कास्कीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष बिष्णुबहादुर केसी, म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भरत पुन, पर्वत मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्मा, कुश्मा नगरपालिकाका उपप्रमुख स्वस्थानी रिजाल, तीन वटै पालिकाका उपाध्यक्ष, सो सर्किटमा पर्ने वडाध्यक्ष, वडासदस्य, कर्मचारी एवं संचारकर्मीको सहभागिता रहेको थियो

अन्नपूर्ण गाउँपापालिका१० ११, घान्द्रुकका स्थानीयले हिमालय एग्रो तथा जडिबुटी बहुउद्देशिय कृषक समुह मार्फ़त खेर गइरहेको तीतेपातीलाई गत भदौं देख़ि प्रशोधन गरी तेल उत्पादन थालेका हुन्

निरीक्षण पश्चात आफ्नो प्रतिक्रिया दिदै अध्यक्ष तिमिल्सिनाले तितेपातीबाट तेल निकाली आम्दानी लिन सकिने भएपछि बैकल्पिक खेतीको रुपमा विस्तार गर्न स्थानीयलाई आग्रह गरे विज्ञहरुको कुरा सुन्दा तितेपाती खेतीको राम्रो सम्भावना देख़िएको धेरै लगानी पनि नचाहिने, खेर गइरहेका जमिनलाई प्रयोगमा ल्याउन सकिने भएकाले योजनाबद्ध रुपमा यसको बिकास बिस्तारमा लाग्नु पर्ने उनले बताए स्थानीयसंगै राज्यलाई समेत टेवा पुग्ने हुदाँ यस्को बजारीकरणका लागि आफ्नो तर्फबाट सक्दो सहयोग रहने तिमिल्सिनाको भनाई थियो

स्थानीयले करिब करोड़को लगानीमा घान्द्रुकस्थित उरीमा तितेपाती प्रशोधन केन्द्र स्थापना गरेपछि निकम्बा बनेको तीतेपाती उपयोगमा आएको हो सामान्यतया पाँच सय केजी तितेपातीमा लिटर तेल उत्पादन हुने सुनिन आएकोमा तर घान्द्रुकमा तीन सय केजीमा सय ५० एमएल तेल निकाल्न सफल भएको कृषक समूहका सचिव पूर्ण गुरूङले बताए

उनीहरुले उत्पादन गरेको तेल बुटवलमा श्याम आचार्यलाई बिक्री गर्ने गरेका छन् श्यामले पनि बुटवलमा प्रशोधन केन्द्र चलाइरहेका छन् उनले जापान लगायत देशमा निर्यात गर्छन् श्यामले वर्षमा सय लिटर मागेका छन् प्रतिलिटर १० हजारका दरले बिक्री गर्ने सम्झौता भएको वर्षमा महिना जति प्रशोधन केन्द्रलाई तितेपातीको अभाव नहुने सहकारीका अगुवा एवं अन्नपूर्ण गाउँपालिका वडा नं.११ का वडाध्यक्ष हिम गुरूङले बताए

प्रतिलिटर तेल निकाल्न हजारजति खर्च निस्किन्छ सुरुमा मेसिन चलाउन चितवनबाट अपरेटर लगेर गाउँका २ जनालाई सिकाएका छन् गाउँका युवाले सिकेपछि अहिले उनीहरुले नै चलाइरहेका छन्

80Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected