0Shares

पोखरा भ्यूज

७ मंसिर, काठमाडौं । काठमाडौंको बल्खुमा दुर्गा प्रसाईं समूहका प्रदर्शनकारीहरु र प्रहरीबीच झडप भएको खबर छ ।

बल्खुमा चक्रपथमा प्रदर्शन गरिरहेकाहरु प्रहरी घेरा तोडी कालीमाटीतर्फ मोडिन थालेपछि प्रहरीले बल प्रयोग गरेको हो । बल प्रयोगमा क्रममा प्रहरीले प्रदर्शनकारीमाथि अश्रुँग्यास र पानीको फोहोरा प्रयोग गरेको छ ।

प्रदर्शनकारीले प्रहरीका विरुद्धमा इँट्टा र ढुंगा प्रहार गरेका छन् । प्रदर्शनस्थलमा दुर्गा प्रसाईंले सम्बोधन गरे लगत्तै एक प्रदर्शनकारीले ले मञ्चबाटै निषेधित क्षेत्र तोडेर त्रिपुरेश्वरतर्फ जाने घोषणा गरेपछि प्रहरीले बल प्रयोग गरेको हो ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected