पोखरा भ्यूज
लमजुंग । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो क्याबिनेट बैठक लमजुंगमा हुने भएको छ । आउँदो पुस २० र २१ गते लमजुङ जिल्लाको सदरमुकाम बेसीशहरमा तेस्रो क्याविनेट बैठक हुने तय भएको शनिवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।
बैठकको तयारीका लागि लायन्स क्लव अफ लमजुङ बेसीशहरका संस्थापक अध्यक्ष एवं लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका सिनियर एड्भाईजर सुरेशकुमार प्रधानको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । प्रधान संयोजक रहनेगरी विभिन्न १४ वटा उप–समिति गठन भएको छ भने सचिवालयको संयोजकमा लायन्स क्लव अफ लमजुङ दरबारका सचिव सञ्चारकर्मी किसान संगीतलाई जिम्मेवारी प्रदान गरिएको छ।

उप–समिति संयोजकहरूमा क्रमशः आर्थिकमा सुरेशकुमार प्रधान, प्रचारप्रसार तथा स्मारिका प्रकाशनमा किसान संगीत, सहभागी रजिष्ट्रेशनको लागि शोभा ठकुरी, स्थानीयतह संयोजनमा बुनाकुमारी रिमाल, अतिथि सत्कारको लागि सरिता सापकोटा, मञ्च, गेट र टेन्ट व्यवस्थापनमा विजय घिमिरेलाई जिम्मेवारी दिईएको पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
यसैगरी खाना, बास, खाजा व्यवस्थापनको लागि सरोज शर्मा वाग्ले, किट् व्यागमा लक्ष्मण न्यौपाने, पार्किङ व्यवस्थापनमा गणेशमान श्रेष्ठ, खानेपानीमा सवनम मिया, स्वास्थ्य डेक्सको लागि त्रिलोक चन्द्र गुरुङ, झाँकी तथा साँस्कृतिक व्यवस्थापनमा पार्वती श्रेष्ठ, स्वयंसेवक परिचालनमा सुगम देउजा र मल्टिमिडिया व्यवस्थापन उपसमिति संयोजकमा प्रमोद अधिकारीलाई जिम्मेवारी प्रदान गरिएको छ ।
जिल्लास्थित चार वटा लायन्स क्लवहरू, लायन्स क्लब अफ लमजुङ बेसीशहर, टुगेदर वि क्यान, लमजुङ दरबार र लमजुङ ग्लोवल सिटीको संयुक्त व्यवस्थापनमा सम्पन्न हुने बैठकमा डिष्ट्रिक्ट अन्तर्गतका सम्पूर्ण क्लवबाट करिब १ हजार २ सयको सहभागिता रहने अनुमान गरिएको छ भने बैठकका लागि बेसीशहर नगरपालिका वडा नं ८ स्थित फूलबारीमञ्च परिसरमा तय गरिएको छ ।
आयोजकका अनुसार दुई दिनसम्म चल्ने बैठकले जिल्लाको संस्थागत क्षमता सुदृढिकरण, सामाजिक सेवाका क्षेत्रमा सकरात्मक सन्देशप्रवाह, व्यापार व्यवसायमा गतिशिलता, पर्यटन प्रर्वद्धन तथा समग्र जिल्लाको प्रचारप्रसार प्रर्वद्धन हुने अपेक्षा गरिएको छ । वर्तमान आर्थिकमन्दीको अवस्थामा यसकार्यक्रमले थोरै भएपनि व्यापारी व्यवसायीले राहतको अनुभूति गर्न सक्नेछन् । ग्रामिण पर्यटन, होमस्टे पर्यटन, कृषि पर्यटन, पर्यापर्यटन, धार्मिक, ऐतिहासिक तथा साँस्कृतिक पर्यटन, साहसिक पर्यटन जस्ता पर्यटकीय क्षेत्रको धेरै संभावना भएकाले जिल्लाको प्रचारप्रसार र समग्र पर्यटन क्षेत्रको प्रर्वद्धनमाटेवा पुग्ने अपेक्षा गरिएको छ ।

