0Shares

पोखरा भ्यूज
१२ मंसि, काठमाडौं । दुर्गा प्रसाई नेतृत्वमा प्रदर्शन गर्ने क्रममा सोमबार काठमाडौंको गौशालाबाट पक्राउ गरिएका धर्मगुरु आचार्य श्रीनिवाससहित आठ जना विरुद्ध शान्ति विरुद्धको कसूर तथा अभद्र व्यवहार गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी मुद्दा चलाउने तयारी गरिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार गौशालामा प्रदर्शन गर्नेक्रममा प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा १५ जनालाई पक्राउ गरी अनुसन्धान गरेको थियो। जसमध्ये ८ जनाविरूद्ध काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान शुरु गरिएको परिसर प्रवक्ता एसपी कुमोध ढुंगेलले जानकारी दिए।

दुर्गा प्रसाईंका स्वकीय सचिव विनञ्जय थापा, निकेश बाँस्तोला, सुजन खड्‍का, मेहरमान बस्नेत, दिपेश खड्का, अनिल गुरूङ र मनोज थापामाथि अनुसन्धान गर्न म्याद थप भएको हो। अदालतले श्रीनिवास, मनोज, विनञ्जय र निकेशलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ भने अरूलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको स्रोतले बतायो ।

मंसिर ७ गतेदेखि मेडिकल व्यवसायी प्रसाईंले काठमाडौंका विभिन्न स्‍थानमा प्रदर्शन गर्दै आएका छन्। सोमबार गौशालामा प्रदर्शन गर्ने क्रममा पनि प्रहरीसँग झडप हुँदा उनीहरुलाई पक्राउ गरिएको थियो ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected