पोखरा भ्यूज
पोखरा । पोखरास्थित तीनवटा क्लबले मधुमेह सम्बन्धि जनचेतना एवं फ्री चेकअप सम्पन्न गरेको छ । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपाल जोन ११ अन्तर्गतका क्लबहरू लायन्स क्लब अफ पोखरा अर्पण, पिस टाउन र साधनाको संयुक्त आयोजनामा मंगलवार पोखरा–६, बैदाममा रहेको निलसागर आश्रममा मधुमेह सम्बन्धि सचेतना, रक्तचाप एवं मधुमेह परिक्षण सम्पन्न गरेको हो ।

मधुमेह (सुगर) का बिरामीहरुलाई सहज स्वास्थ्य सेवा दिनका लागि आश्रम परिसरमा कार्यक्रमको आयोजना गरिएको आयोजक क्लब लायन्स क्लब अफ पोखरा साधनाका अध्यक्ष सिता पौडेलले बताईन्न ।



हाल दिनहुँ मधुमेहीहरुको संख्या वृद्धि भइरहेको समयमा आश्रममा आश्रितहरूको लागि केही मात्रामा भएपनि टेवा पुगोस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको अर्का आयोजक क्लब पोखरा पिस टाउनका अध्यक्ष केसीमाया नेपालीको भनाई थियो ।

लायन्स क्लब अफ पोखरा अर्पणका अध्यक्ष उर्मिला बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रम लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट काउन्सिलर सबिता बरालको प्रमुख आतिथ्यता, जोन ११ का जोन चेयरपर्सन रश्मि अधिकारी भण्डारीको बिशेष उपस्थितिमा सम्पन्न भएको थियो ।
पद्म नर्सिङ होम, नदिपुर पोखराको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा नसर्ने रोग सुगर, प्रेसर र ड़ेंगु रोगबारे प्रशिक्षण/परामर्शसहित निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराईएको लायन्स क्लब अफ पोखराका सचिव संगीता थापाले जानकारी दिईन् ।




