49Shares

पोखरा भ्यूज

पोखरा । विश्व मधुमेह दिवसको अवसर पारेर लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले बुधबार पोखरा -११ रामघाटमा सचेतना कार्यक्रम तथा नि:शुल्क रक्त परिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमको शुभारम्भ गर्दै लायन्स अन्तर्राष्ट्रीय डिष्ट्रिक्ट ३२५ आई नेपालका पिआरओ इन चिफ शैलेन्द्र मोहन भट्टराईले सुषुप्त रुपमा मानव शरीरमामा उत्पन्न हुने रोग लाग्नु भन्दा पहिले नै बेला बेला गरिने यस्ता जाचले समय मै उपचार पाउनेमा विश्वत रहेको जानकारी दिए ।
क्लबका अध्यक्ष दामोदर आचार्यको अध्यक्षता भएको कार्यक्रममा जि. एस. टी. एड़िशनल डिष्ट्रिक्ट को-अर्डिनेटर बासुदेव कोइराला,  आइ भिजन कार्यक्रमका सयोजक भरतराज सिग्देल, निबर्तमान अध्यक्ष रुक बहादुर गुरुङ, परोपकार टोल विकास सस्थाका अध्यक्ष लक्ष्मीप्रसाद अधिकारी लगायतले शुभकामना व्यक्त गरेका थिए ।
रिजनल हस्पिटल प्रा.लि पोखराको प्राबिधिक सहयोग रहेको कार्यक्रममा ७० जनाको रक्त परिक्षण साथै परामर्श समेत गरिएको सयोजक सुर्य रानाले जानकारी दिए । कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष सुर्य प्रसाद पोखरेल र सन्चालन सचीव दिपक प्रसाद घिमिरेले गरेका थिए ।

49Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected