5Shares

पोखरा भ्यूज

पोखरा । विश्व मधुमेह दिवसको अवसर पारी लायन्स क्लव अफ पोखरा अञ्जुली आयोजना, नेशनल बाथरोग सेन्टर मुस्तांग चोक पोखराको सहकार्य एवं प्राविधिक सहयोगमा पोखरा१७, बिरौटामा वृहत बाथरोग तथा सुगर परिक्षण शिविर सम्पन्न भएको शिविरमा १२० जना सेवाग्राहीलाई रगत मार्फत निःशुल्क युरिक एसिड, आर.. फ्याक्टर, सि.आर.पि., .एस.आर., ब्लड सुगर लगायतका जाँचहरु गर्नुका साथै उपस्थित सेवाग्राहीलाई बाथरोग सम्बन्धी जानकारीहरू सहितको सचेतना गराईएको थियो ।

लायन्स क्लब अफ पोखरा अञ्जुली अध्यक्ष मिना पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका पिआरओ इन चिफ शैलेन्द्र मोहन भट्टराई, डिष्ट्रिक्ट को-अर्डिनेटर अमृत शोभा खत्री, टंकराज अधिकारी, रिजन चेयरपर्सन भावना बसेल, जोन चेयरपर्सन शान्तावना पराजुली, क्लबका पूर्व एवं डिष्ट्रिक्टका विभिन्न पदमा रहेका सिनियर लिड़र, क्लब पदाधिकारी एवं सदस्यहरूसहित सेवाग्राही लगायतको सहभागिता थियो ।

शरीरमा विभिन्न अंगमा बाथरोग लाग्न सक्ने भएतापनि पहिचानमा आउन नसक्दा र रोग पत्ता लाग्न नसक्दा विभिन्न किसिमका समस्या झेल्न नागरिकहरु वाध्य भएको अवस्थामामा लायन्स क्लव अफ पोखरा अञ्जुली र नेशनल बाथरोग सेण्टर मुस्तांगचोकले महत्वपूर्ण कार्य गरेकोमा धन्यवाद दिदैं अझ उत्कृष्ट कार्यका लागि लिडरहरूले शुभकामना दिएका थिए ।

नेशनल बाथरोग सेण्टर मुस्तांगचोक पोखराका प्रवंधक कृष्णराज ढकालले बाथरोग सम्बन्धी सचेतना गराउने उद्देश्यले आफ्नो धारणा राखेका थिए

समुदाय स्तरमा विभिन्न किसिमका नसर्ने रोगहरु फैलिइरहेको अवस्थामा उच्च रक्तचाप, मधुमेह लगायतका जाँचहरुको सुविधा जताततै भइरहेको तर अत्यधिक समस्या भएर पनि समुदायस्तरमा स्क्रिनिङको रुपमा अभियानहरु सन्चालन हुननसकेको एउटा अटो इम्युन डिजिज जुन नदेखिने तरिकाले समुदायमा फैलिइरहेको र जाँच पनि केही महंगो रहेको बाथरोगको पहिचान गरेर उपचारको दायरामा ल्याउन बिरामीहरुलाई जटिलताबाट जोगाउन उक्त शिविर सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रमका अध्यक्ष मिना पौडेलले छोटो तयारीका बाबजुद पनि निशुल्क बाथरोग तथा सुगरपरीक्षण शिविर सम्पन्न गर्न सफल भएको जानकारी दिदै सहभागिता जनाउने सबैलाई धन्यवाद व्यक्त गरेकी थिईन् 

5Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected