7Shares

पोखरा भ्यूज
पोखरा  । विभागिय टोली नेपाल आर्मीलाई ११ रनले हराउँदै ‘प्रथम केपी ओली कप राष्ट्रिय टि २० क्रिकेटको उपाधि मधेश प्रदेशले जितेको छ ।
मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरा रंगशालामा भएको फाइनलमा खेलमा मधेशलाई जिताउन हरिशंकर शाहले महत्वपूर्ण भूमिका निर्वाह गरे । जवाफी १३६ रन पछ्याएको नेपाल आर्मी १२४ रन मात्रै बनाउन सकेको हो । आर्मीलाई पराजित गर्न हरिशंकरले ४ महत्वपूर्ण विकेट हात पारे । मधेशका कप्तान समेत रहेका हरिशंकरले आफ्नो चार ओभरको वलिङमा १९ रन खर्चिएर आर्मीका ओपनर विनोद भण्डारी, वाशिर अहमद, कुशल मल्ल र राजेश पुलामीलाई आउट गरे । उनी म्यान अफ दि म्याच समेत घोषित भए ।
उपाधि संगै मधेश प्रदेशले नगद रु ५ लाख रुपैयाँको साथमा ट्रफी हात पारेको छ भने नेपाल आर्मीले उपविजेता हुँदै नगद रु २ लाख ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा म्यान अफ दि सिरिजको उपाधि मधेश प्रदेशका हरिशंकर शाह भए । उनले नगद ३० हजार हात पारे । प्रतियोगितामा वेष्ट बलर कुल १० विकेट लिएका सन्दिप लामिछाने र वेष्ट व्याटरको उपाधि रित गौतम हुन सफल भए । उनले कुल १७० रन बनाएका थिए । उनीहरु दुवै जनाले जनही नगद २०–२० हजार प्राप्त गरे ।
जितका लागि १३६ रन पछ्याउने क्रममा नेपाल आर्मीका लागि ओपनर सन्तोष कार्की १३ बलको सामना गर्दै तिन चौका प्रहार गर्दै १६ रन जोडे । उनलाई प्रदिप पासवानलाई पेभिलिएन फर्काए । कप्तान विनोद भण्डारी सम्हालिएर खेल्ने प्रयास गर्दै ३० बलमा ३२ रन बनाए । उनले ५ चौका समेत हाने । ५ रन बनाएका रोहित पौडेल प्रतिक यादवको बलमा आउट भए ।  प्रदिप पासवानको बलमा आउट भएका भिम सार्कीले २२ र बाशिर अहमदले २ रन बनाउँदा कुशल मल्ल डक आउट भए । राजेश पुलामीले ३ रन बनाए । अन्तिम विकेटका लागि सोमपाल कामी र विवेक यादवले पारी सम्हाल्ने प्रयास गरे पनि मधेशले त्यो सफल हुन दिएन । विवेकले २५ र सोमपालले १६ रनको योदान दिंदै नट आउट रहे ।
प्रतियोगितामा टस जितेर ओपनिङ गरेको मधेश प्रदेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतीमा १३५ रन बनाएको हो । मधेशका लागि सातौं विकेटका लागि क्रिजमा छिरेका विशाल पटेलले ३२ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ४९ रनको व्यक्तिगत योगदान दिए । ओपनर तथा टिम क्प्तान हरिशंकर शाहले २१ बलमा ३ चौका र २ छक्काको मद्धतले २७ रन बनाउँदै विवेक यादवको बलमा क्याच आउट हुँदै पेभिलियन फर्किए ।
त्यस्तै अकौ ओपनर अनिल शाह एक छक्का प्रहार गरे पनि सोमपाल कामीको धरापमा परे । इमरान खान शाहव आलमको वलमा आउट भए । उनले ८ रनको योगदान दिंदा ३ रन बनाएका मयन यादव समेत शाहवकै बलमा बोल्ड भए । ९ रन बनाएका पवन सराफ विवेक यादवको बलमा आउट भए । १४ रन जोडेका हिमासुं दत वसिर अहमदको बलमा बोल्ड हुँदा १० रनको व्यक्तिगत योगादन दिएका विशाल शुसलिङ विवेक यादवको बलमा बोल्ड हुन पुगे । रुपेश सिंह यादवकै बलमा डक आउट हुँदै पेभिलियन फर्किए । प्रदिप पासवनले ४ रन बनाए ।
गत मंसिर ७ गतेबाट सञ्चालन भएको प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो । समापन कार्यक्रममा विजेता टिम तथा खेलाडीहरुलाई पूर्व प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले नगद तथा ट्रफी वितरण गरेका थिए । समापन कार्यक्रम एकेडेमीका अध्यक्ष ध्रुव आचार्यको अध्यक्षतामा भएको थियो ।

7Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected