पोखरा भ्यूज
पोखरा । लायन्स क्लब अफ पोखरा स्ट्रार ग्लोरीले मधुमेह सचेतना तथा नि:शुल्क रक्त परिक्षण गरेको छ । विहिबार पोखरा -१७ महतगौंडास्थित पोखरा बृद्दाश्रममा विश्व मधुमेह दिवसको अवसर पारी उक्त कार्य सम्पन्न गरेको हो ।
कार्यक्रमको शुभारम्भ गर्दै पोखारा- १७ का वडा सदस्य शिवराम भण्डारीले लायन्स क्लबहरुले लक्षित वर्गहरुलाइ गर्ने सामाजिक कार्यक्रम अन्यहरु को भन्दा अब्बल र उदाहरणीय हुने धारण व्यक्त गरे ।
क्लब अध्यक्ष सगिता पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रममा लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका पिआरओ इन चिफ शैलेन्द्र मोहन भट्टराई, जिएलटी डिष्ट्रिक्ट को-अर्डिनेटर अमृत शोभा खत्री, बृद्दाश्रमका निर्देशक, जोन चियरपर्सन ज्ञान बहादुर थापा लगायतले शुभकामना व्यक्त गरेका थिए ।

गण्डकी मेडिकल कलेज पोखराको प्राबिधिक सहयोगमा सम्पन्न कार्यक्रममा ४५ जनाको रक्त परिक्षण साथै परामर्श समेत गरिएको क्लब अध्यक्ष पाण्डेले जानकारी दिइन । कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष गिता पौडेल पगेनि र सन्चालन सचीव प्रभा क्षेत्रीले गरेकी थिईन् ।

