२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

आगामी पुस ३ र ४ गते काँग्रेसको गण्डकी प्रदेश सम्मेलन

पोखरा । नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यसम्पदान समितिको बैठक सम्पन्न भएको छ । गण्डकी प्रदेश सभापति शुक्रराज शर्माको सभापतित्वमा सम्पन्न बैठकले आगामी पुस ३ र ४ गते नेपाली काँग्रेसको गण्डकी प्रदेश सम्मेलन गर्ने र प्रमुख अतिथीका लागि केन्द्रीय सभापति एबं पुर्व प्रधानमन्त्री शेर बहादुर देउवालाई आमन्त्रण गर्ने निर्णय लिएको छ ।

सम्मेलनलाई भव्य रुपमा सम्पन्न गर्न विभिन्न उपसमितिहरु गठन गरेको छ । बैठकले महामन्त्री किरणबाबु श्रेष्ठको संयोजकत्वमा संगठन प्रतिवेदन तयार समिति, महामन्त्री विष्णुप्रसाद लामिछानेको संयोजकत्वमा राजनीतिक प्रतिवेदन तयार समिति, कोषाध्यक्ष वसन्तकुमार श्रेष्ठको संयोजकत्वमा आर्थिक परिचालन समिति, सहमहामन्त्री कोपिला रानाभाटको संयोजकत्वमा स्वागत तथा सत्कार समिति गठन गरिएको छ । त्यस्तैगरि कार्यसमिती सदस्य सीता गुरुङको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति र सदस्य अजित क्षेत्रीको संयोजकत्वमा आवाश समिति गठन गर्ने निर्णय गरेको छ ।

बैठकमा मंसिर मसान्तभित्र प्रदेश भित्रका जिल्लाहरूको भेला सम्पन्न गरी प्रतिवेदन प्रदेश समितीमा पठाउन जिल्ला समितीहरुलाई आह्ववान गरिएको प्रवक्ता माधवप्रसाद वास्तोला(मधु)ले जानकारी दिए ।

बैठकमा प्रदेश सभापति शुक्रराज शर्माले विभिन्न विभागमा गरिएको मनोनयन सम्बन्धमा जानकारी गराएका छन् । जस अनुसार बिभागिय प्रमुखहरुमा संगठन विभागमा हरी बराल, प्रदेश कानून तथा संसदीय मामिला विभागमा लक्ष्मी आचार्य, प्रदेश तथा स्थानीय निकाय विभागमा पुर्ण वहादुर दाहाल, भातृ संघ समन्वय विभागमा अजित क्षेत्री, शुभेच्छुक संस्था समन्वय विभागमा पुष्पा भट्टचन, पेशागत तथा वुद्धिजीवी विभागमा श्याम भण्डारी र भाषा, साहित्य, कला तथा संस्कृति विभागमा ईन्द्र पौडेल रहेका छन् ।
त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि विभागमा शोभा अधिकारी, स्वास्थ्य विभागमा सीता काफ्ले लामिछाने, गैरसरकारी संस्था एवं सामाजिक सेवा विभागमा रविकला खनाल, अभिलेख अनुगमन तथा मूल्याङ्कन विभागमा पार्वती आचार्य, उद्योग, व्यापार, वाणिज्य तथा आपूर्ति विभागमा सरिता गुरुङ, भौतिक पूर्वाधार निर्माण तथा यातायात विभागमा विरेन्द्रप्रसाद मण्डल, कृषि तथा भूमिसुधार विभागमा द्रोण बन सन्यासी, यूवा तथा खेलकूद विभागमा अनोद श्रेष्ठ, जल, उर्जा तथा प्राकृतिक स्रोत विभागमा हरिदत्त पौडेल, शान्ति सुरक्षा तथा प्रशासन सेवा विभागमा जीत बहादुर नेपाली, ट्रेड यूनियन तथा श्रमिक विभागमा शकुन्तला शर्मा, वैदेशिक रोजगार समन्वय विभागमा प्रकाश दवाडी, द्वन्द व्यवस्थापन विभागमा चिन्ता बहादुर घले, अन्य पार्टी सम्पर्क विभागमा मायादेवी राना, सहकारी विभागमा सीता गुरुङ, प्रशिक्षण प्रतिष्ठान विभागमा कल्पना तिवारी, सूचना, सञ्चार तथा प्रचार प्रसार विभागमा रमेश पौडेल मनोनित भएका छन् ।
बैठकमा पार्टीका केन्द्रिय सदस्य एबं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कार्यसमिति सदस्य एवम् गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसी लगायतको उपस्थिति रहेको थियो ।
बैठकमा पार्टी सभापति शुक्रराज शर्माले पार्टीका जिम्मेवार व्यक्तिले गर्ने र भन्ने कुरा एकरुपता हुनुपर्ने बताउँदै त्यसले मात्रै पार्टी संगठनलाई बलियो बनाउने धारणा राखेका थिए । राष्टियता, प्रजातन्त्र, समाजवाद, धार्मिक स्वतन्त्रता, शान्ति एवम् सुशासन जस्ता पार्टीको बिरासतलाई संरक्षण गर्दै पार्टीलाई थप मजबुत बनाउन गण्डकी प्रदेशको अभियानमा एकतावद्ध रुपमा लाग्न सभापति शर्माले आग्रह गरेका थिए ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले गरेका उपलब्धिलाई पार्टी पंक्तिबाट जनमानसमा पु¥याउन कन्ज्युसाईं नगर्न आग्रह गर्दै सरकारको सफलता नै पार्टीको सफलता हुने हुनाले त्यस तर्फ ध्यान पुरया्उनुपर्ने धारणा राखेका थिए ।
बैठकमा पार्टी पदाधिकारी तथा सदस्यहरूले पार्टी संगठनको सुदृढीकरण लगायतका विषयमा आ-आफ्ना धारणा राखेको प्रचार विभाग उपप्रमुख शिरोमणि बरालले जानकारी दिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…