२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

महोत्सव सफल पार्न कस्सिए आमा समूह

पोखरा भ्यूज
लेखनाथ, २२ मंसिर । लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको १९ औं लेखनाथ महोत्सवको तयारी तीव्र पारिएको छ । महोत्सवलाई मध्यनजर गर्दै यस क्षेत्रमा रहेका संघसंस्था तथा महिला आमा समूहको शुक्रबार बसेको भेलाले महोत्सव सफल पार्न सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिए ।
भेलामा बोल्दै पुर्वअध्यक्ष एवं महोत्सवका निर्देशक चतुराखर अधिकारीले लेखनाथ महोत्सव नेपालकै उत्कृष्ट महोत्सव भएको दावी गर्दै महिला आमा समुहहरुको सक्रियताका कारण लेखनाथ महोत्सवले उचाई हासिल गरेको वताउँदै आगामी दिनमा यस्तै साथ सहयोग पाउने विश्वास व्यक्त गरेका थिए ।
यस्तै पोखरा महानगरपालिका कार्यपालिका सदस्य निर्मला पौडेलले लेखनाथ हाम्रो पहिचान भएको र यसलाई जोगाउने एक मात्र संस्था लेखनाथ उद्योग वाणिज्य संघ र लेखनाथ महोत्सव भएको वताउँदै १९ औं संस्करणको लेखनाथ महोत्सवलाई एक मन र एकताका साथ सफल बनाउन महिला दिदिबहिनीहरुले सहयोग पुर्याउनुपर्ने वताएकी थिईन ।
महिला समुहहरुको तर्फबाट बोल्दै पार्वती थापाले लेखनाथ महोत्सवलाई सभ्य र भव्य रुपमा सफल पार्नुपर्ने वताउँदै महिलाहरुको उद्यमशिलताको विकास, क्षमता अभिवृद्धि, आयआर्जन लगायतका विषयमा विगतका दिनमा पनि संघल पहल गर्दै आईरहेको र आगामी दिनहरुमा यसतर्फ महिला दिदि बहिनीहरुले चासो बढाउनुपर्ने समेत वताएकी थिईन ।
भेलाका सहभागीहरुले महोत्सवमा महिला/आमा समुहहरुको सक्रियता उल्लेख्य हुने गरेको र संघले पनि त्यसलाई अझै व्यवस्थीत बनाउनुपर्नेमा जोड दिएका थिए । अधिकांशले मातृशक्तीको सम्मानमा आयोजना गरिने कार्यक्रम रत्यौली प्रतियोगिता अलि तामझामपुणर् र भड्किलो बन्दै गएकोमा यसतर्फ आयोजकले ध्यान दिनुपर्ने वताएका थिए ।
संघका अध्यक्ष एवं महोत्सवका मुल संयोजक विनोद श्रेष्ठले भेलामा उठेका सुझावहरुलाई मनन गर्दै यसपालीको रत्यौली प्रतियोगितामा गित, भेषभुषा र प्रस्तुतीको आधारमा मुल्याड्ढन हुने र त्यसमा बाजा गाजा लगायतका कुराहरु स्वेच्छीक हुने र त्यसको आधारमा अंक नदिईने वताएका थिए । उनले महिला दिदिबहिनीहरुका उत्पादनहरु प्रर्दशन एवं विक्रिका लागी महोत्सवमा ४ वटा निशुल्क स्टलको व्यवस्था गरिएको वताउँदै त्यसको लाभ लिन समेत आग्रह गरेका थिए ।
कार्यक्रममा झाँकी र्याली व्यवस्थापन उप-समितिकी संयोजक एवं पोखरा महानगरपालिका वडा नं. २७ की वडा सदस्य बुद्धिमाया मगरले महोत्सवले सम्पुणर् जातजाती, भाषा भाषी एवं समुदायका मानिसलाई एकैथलोमा जम्मा गरेर मौलीक संस्कार र संस्कृतिको जर्गेना गर्ने काम गरेको वताउँदै यसपाली महोत्सवमा झाँकी र्याली अझै व्यवस्थीत गरिनुका साथै विगतका योगदानलाई अझै कदर गर्ने प्रयास गरिएको वताएकी थिईन ।
संघका सल्लाहकार एवं महिला/आमा समुह परिचालन उप-समितिका संयोजक सन्ध्या दाहालको अध्यक्षतामा बसेको कार्यक्रमको सञ्चालन संघकी महासचिव जानुका पराजुलीले गरेकी थिईन भने धन्यवाद ज्ञापन रत्यौली कार्यक्रमकी संयोजक एवं महिला उद्यमी उप-समितिकी संयोजक गंगा कुमारी मल्लले गरेकी थिईन ।
यहि पुष ५ गतेदेखी १६ गतेसम्म सञ्चालन हुने महोत्सव सम्पन्न गर्नका लागी ९ सदस्यीय निर्देशक समिति, ४१ वटा उप-समिति र १ सय २० सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको छ । हाल शिथिल अवस्थामा रहेको देशको अर्थतन्त्रलाई चलायमान बनाउदै उत्पादक र उपभोक्तालाई एउटै थलोमा जमघट गरि यस क्षेत्रको आर्थिक गतिविधि बढाउने र आन्तरिक एंव बाह्य पर्यटकहरुलाई आकर्षण गरि आन्तरिक पर्यटनलाई सहयोग पुर्‍याउने प्रचार प्रसार समितिका संयोजक उपेन्द्रराज सुवेदी ‘राजु’ ले वताए ।
लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा हुने १९ औं संस्करणको महोत्सवलाई पोखरा इको रेड ब्रिक्स प्रा.लि.ले मुख्य प्रायोजन गरेको छ भने सह-प्रायोजकमा पशुपति बिस्कुट र हेटौंडा डेरी, फुड फेस्टीभल प्रायोजकमा न्यूट्रीप्लस शुद्ध तोरीको तेल र प्रर्वद्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेको महोत्सवका सह-संयोजक एवं प्रायोजक व्यवस्थापन तथा उप-समिति परिचालन समितिका संयोजक राजेन्द्र ओझाले जानकारी दिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…