31Shares
पोखरा भ्यूज
पोखरा । पोखराको प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थल घार्मीमा बाला चतुर्दशी पर्व मनाइने भएको छ।
घार्मी स्थित मणिमा रहेको ओमकारेश्वर महादेव मन्दिर परिसरमा यस वर्ष पनि यही मंसिर २५ गते सोमबारका दिन बाला चतुर्दशी पर्व मनाउने र सद्वविज छर्ने तयारी अन्तीम चरणमा पुगेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ढुण्डिराज पौडेलले जानकारी दिए । पर्वलाई लक्षित गरि मन्दिरमा रंग रोगन गर्ने तथा परिसर सरसफाई गर्ने कार्य सम्पन्न गरिएको समितिका कोषाध्यक्ष तेजेन्द्र पौडेलले बताए ।
स्थानीय राम्चे निवासी हिमलाल पौडेलको घरबाट विधिपूर्वक पुजा आजा गरि फुलको डोली निकालिने र उक्त डोली विभिन्न भागमा परिक्रमा गरेर मन्दिर परिसरमा पुर्याउने र दिनभर बाजा गाजा सहित भजन कीर्तन गर्ने तयारी भइरहेको बताईएको छ। घार्मीमा सद्वविज छर्न त्यस क्षेत्र सहित आसपासका अर्मला, कुरेचौर, हरिपाउ, पुरून्चौर, हेम्जा, लामाचौर, बाटुलेचौर लगायतका क्षेत्रबाट श्रद्धालुहरू त्यहाँ पुग्ने गरेको स्थानिय नमराज पौडेलले जानकारी बताए । पछिल्लो समय विभिन्न व्यक्ति र संघ संस्थाहरुको सहयोगले मन्दिरलाई व्यवस्थित बनाईएको र बिहान बेलुका नियमित रुपमा पुजाआजा गर्ने गरिन्छ।
पोखराको दृष्य सहित मनोरम अन्नपूर्ण हिमश्रृङ्खलाको दृष्य हेर्न सकिने उक्त क्षेत्रमा दिनहुँ सयौं पर्यटक पुग्ने गरेका छन । मन्दिर स्थापना देखि नै बाला चतुर्दशी पर्व तथा शिवरात्री पर्व विशेष रूपमा मनाउने गरिएको छ। शुद्ध भई चोखोनितो गरि त्यस दिन सद्वविज छर्नाले पितृहरूको उद्धार हुने भनाई रहेको पाइन्छ।

31Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected