906Shares

पोखरा नेपाल पत्रकार महासंघ कास्कीले सञ्चालन गरेको आर्थिक पत्रकारिता पुरस्कार२०७८ बाट पोखरा भ्यूज डट कम का कार्यकारी सम्पादक टंकराज अधिकारी पुरस्कृत हुने भएका छन् । महासंघको मंगलवार सम्पन्न कार्यसमितिको बैठकले अधिकारीलाई  पुरस्कृत गर्ने निर्णय गरेको हो 

नेपाल प्रेस युनियन गण्डकी प्रदेशका अध्यक्ष समेत रहेका अधिकारी बिगत २७ बर्षदेख़ि नेपाल समाचारपत्र राष्ट्रिय दैनिकमा कार्यरत छन्

त्यस्तै, सोही पुरस्कार२०७९ बाट पत्रकार दीनानाथ बराल पुरस्कृत हुने भएका छन् । बराल कारोबार दैनिकमा कार्यरत छन् भने उनी नेपाल खेलकूद पत्रकार संघ गण्डकीका अध्यक्ष हुन्

पुरस्कारको राशि नगद २० हजार, दोसल्ला सम्मानपत्र रहेको महासंघ कास्कीका सचिव माधव बरालले जानकारी दिए

उनीहरुलाई आगामी पुस गते पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा सम्मान गरिने महासंघ कास्कीअध्यक्ष विमला भण्डारीले जानकारी दिइन्

906Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected