पोखरा भ्यूज
पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश सूचना, संचार तथा प्रचारप्रसार बिभागको पहिलो बैठक सम्पन्न भएको छ । बैठकले आगामी पौष ३ र ४ गते नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रथम प्रदेश सम्मेलन सभ्य र भव्य रुपमा सम्पन्न गर्न आफ़ना माताहतका निकायलाई अधिकतम परिचालन गर्ने निर्णय गरेको बिभागका सदस्य-सचिव राज बहादुर गुरूङले जानकारी दिए ।

बैठकमा नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले कांग्रेसको विकल्प अरू पार्टी हुन नसक्ने बताए । बिभागको पहिलो बैठक शर्माले भने,’ नेपाली कांग्रेसको विकल्प अरू छैनन्, नेपाली कांग्रेस नै हो, भविष्य पनि नेपाली कांग्रेससँग नै छ, बाटो बिराएर अन्यन्त्र गएकाहरू पछि फर्कने कांग्रेस मै हो ।’ कांग्रेसले काम गर्यो तर आफ्नो कामको प्रचार प्रसार जनता सामु गर्न सकेन कांग्रेसको आवाजलाई आम जनतासम्म पुराउन बिभागले महत्वपूर्ण भूमिका खेल्नेमा बिस्वस्त रहेको शर्माको भनाई रहेको थियो ।


बैठकमा प्रदेशका महामन्त्री बिष्णुप्रसाद लामिछानेले बिभागका सम्बन्धमा बुझाई फरक रहेको बताउदै कार्यसमिति सदस्य भन्दा बिभागको भूमिका महत्वपूर्ण हुने बताए । बिभागमा सम्बन्धित क्षेत्रमा बिज्ञता हासिल गरेका ब्यक्ति रहने हुदाँ पाटीको नीति निर्माण तहमा प्रभाव राख्ने हैसियत हुने बताए ।

सूचना, संचार तथा प्रचारप्रसार बिभागका प्रमुख रमेश पौडेलको अध्यक्षतामा सम्पन्न बैठकमा उप–प्रमुख शिरोमणि बराल, सदस्य-सचिव राजबहादुर गुरूङ, नेपाली कांग्रेस केन्द्रिय प्रचार बिभाग सदस्य गंगाधर पराजुली, नेपाल प्रेस युनियन गण्डकी प्रदेश अध्यक्ष टंकराज अधिकारी लगाएतले बिभागको औचित्य र भूमिकाका बारेमा आ–आफ्ना जिज्ञासा राखेका थिए ।




