42Shares

पोखरा भ्यूज
२८ मंसिर, विराटनगर । महिला अनुयायीलाई बलात्कार गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सफाइ हुने गरी जिल्ला अदालत सुनसरीको फैसला विरुद्ध उच्च अदालत विराटनगरमा पुनरावेदनपत्र दर्ता भएको छ ।

गिरीलाई सफाइ दिने गरी २७ भदौमा जिल्ला अदालतले गरेको फैसला विरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय सुनसरीले उच्च अदालतमा पुनरावेदनपत्र दर्ता गरेको हो । ४ कात्तिक २०७६ मा चतरास्थित आश्रममा महिला अनुयायीमाथि जबर्जस्ती करणी गरेको आरोप गिरीमाथि छ ।

तर दोस्रो पटकको सुनुवाइका क्रममा जिल्ला अदालत सुनसरीका न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले मुख्य प्रमाणको रुपमा पेश भएको अडियो रेकर्ड परीक्षण गर्ने विज्ञको शैक्षिक योग्यताको अभाव देखिएको भन्दै सिद्धबाबाले सफाइ पाउने हठर गरेको थियो ।

यसअघि २२ मंसिर २०७७ मा जिल्ला अदालत सुनसरीका तत्कालीन न्यायाधीश (हाल उच्च अदालतका न्यायाधीश) अर्जुनप्रसाद कोइरालाको इजलासले गिरीलाई सफाइ दिएको थियो ।

त्यसका विरुद्ध जाहेरवाला नेपाल सरकार वादी पक्ष उच्च अदालत पुगेकोमा मुद्दाको अंग नपुगी फैसला भएको भनी पुनः इन्साफका लागि जिल्लामा पठाएको थियो । दोस्रो पटककको फैसला विरुद्ध पनि सरकारी वकिलको कार्यालय उच्च अदालत गएको हो ।

42Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected