2Shares

पोखरा भ्यूज
गण्डकी प्रदेशसभा सदस्य राजिव गुरुङ (दिपक मनाङे) ले आफुलाई मन्त्री भन्दापनि बजेटको आवश्यकता परेको बताएका छन् । गण्डकी प्रदेशमा गठबन्धनको सरकार बन्दै गर्दा मन्त्री हुने चर्चा रहेको पुर्व खेलकुद मन्त्री मनाङेले आफु मनाङ जिल्लाको विकासका लागि राजनितिमा आएको स्पष्ट पारे । युवा अवस्थादेखी नै मनाङमा केहि नगरेको र रिटार्यड अवस्थामा पुग्दा मनाङ जिल्लामा केहि गर्नुपर्छ भन्ने लक्ष्यका साथ राजनितिमा प्रवेश गरेको सुनाउँदै उनले मन्त्री पद सामान्य रहेको बताए ।
गण्डकी प्रदेशमा दोस्रो पटक मन्त्री बन्ने चर्चा चलिरहेको बेला हालका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सरकारले मनाङेलाई हटाएको थियो । उक्त कुरालाई स्मरण गर्दै पुर्व मन्त्री मनाङेले आफ्नो पार्टी सात प्रदेशमध्ये ६ प्रदेशमा नै सरकारमा रहेको छ र यहाँ विरोध गर्नुपर्ने कारण नदेखेको समेत सुनाए । गठबन्धन टिम रहेको र त्यहाँ टिममा नै काम गर्नुपर्ने उनको जोड थियो ।
‘मेरो लागि इम्पोर्टेन भनेको बजेट हो । मैले रिटार्यड टाइममा मनाङमा केही गर्छु भनेर पोलिटिक्समा आएको हुँ । मैले अहिलेसम्म मनाङमा केही गरेको छैन् । त्यहि भएर मात्र म गएको हुँ मलाई मन्त्री भन्दाबढी बजेट चाहिएको हो । बजेट लगेर मैले मनाङ बनाउन सके भने म सक्सेस भए ।
गुरूङले एग्रो मनाङ प्रा.लिले किर्ते कागजात बनाई राज्यलाई ठगिरहेको र त्यसको सप्रमाण सम्बन्धित निकायहरुलाई दिएको समेत बताए । उनले मनाङको ङिस्याङ गाउँपालिका वडा नम्बर १ पिसाङमा संचालित एग्रोले ८० रोपनी जग्गामा रुख फडानी गर्दै विद्यालयमा समेत वाइन फ्याक्ट्री चलाएको बताए । बिहिबार पत्रकार सम्मेलनमार्फत उनले एग्रो किर्ते गर्दै राज्यलाई ठगी गरेको आरोप लगाएका छन् । एसियाकै ठूलो भनिएको उक्त एग्रोले राज्यबाट ठूलो अनुदानको नाममा लुटिरहेको समेत आरोप छ । ‘हिजोको दिनमा एसियाकै ठूलो फर्म भनियो यो एसियाकै ठूलो फर्म होइन रहेछ, एसियाको सबैभन्दा ठूलो ठग रहेछ । यो त ठग रहेछ । हाम्रो त्यहाँ सानो सानो कुरामा विवाद हुँदैन त्यहाँ त्यस्तो पोलिटिक्स पनि हुँदैन् ।’ विधालयको जग्गामा विना सम्झौता वाइन फ्याक्ट्री संचालन गरेकोसमेत उनले बताए ।

2Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected