161Shares

पोखरा भ्यूज

पोखरा, २९ मंसिर । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगानाले यहाँहरूले नसक्ने हामीले सक्ने भनेर सहयोग सामग्री ल्याएका हैनौं लायन्स क्लब अफ पोखरा पिस पाराडाईजले पोखरा२०, भलामस्थित भलाम आधारभूत बिधालयमा अध्ययरत बिधार्थीलाई न्यानो कपड़ा वितरण कार्यक्रममा ढुङगानाले उक्त कुरा बताएका हुन्।

ढुङगानाले बिधार्थीका अबिभावकहरूप्रति लक्षित गर्दै भनेयहाँहरूले नसक्ने हामीले सक्ने भनेर यी सहयोग सामग्री ल्याएका हैनौं,’ साना कलिला विद्यार्थी भाई बैनीहरूलाई असल संस्कार सिकाउनका लागि उपस्थित भएका हौं, जो भोली उनिहरू ठुला भएपछि अनुशरण गर्न सकुन

क्लबले भलाम आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा (स्विटर टोपी) वितरण गरेको लायन्स क्लब अफ पोखरा पिस पाराडाईजको आयोजना लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट कोअर्डिनेटर एवं सो बिधालयका पूर्व बिधार्थी अमृतशोभा खत्रीको समन्वयमा न्यानो कपड़ा वितरण गरिएको हो ।            

लायन्स क्लब अफ पोखरा पिस पाराडाईजका अध्यक्ष सुरेश न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिधालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष अर्जुनबहादुर क्षेत्री, डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट कोअर्डिनेटर अमृतशोभा खत्री, टंकराज अधिकारी, जोन चेयर पर्सन ज्ञानबहादुर राना, क्लबका पूर्वअध्यक्षहरू राम्जी बराल, अतितराज राना लगाएत क्लबका पदाधिकारी सहित सदस्यहरूको उपस्थिति रहेको थियो

विद्यालय व्यवस्थापन समितिका का.वा.अध्यक्ष  अर्जुनबहादुर क्षेत्री बिधालयका प्रधानाध्यापक कुलप्रसाद पौडेलले विद्यालयको अवस्थाका बारेमा जानकारी गराउदै क्लब परिवारप्रति आभार व्यक्त थिए

हामी सेवा गर्छौंभन्ने नाराका साथ विश्वव्यापी रूपमा सामाजिक मानवीय सेवामा समर्पित लायन्स अन्तराष्ट्रिय सेवामूलक संस्थाको रुपमा क्रियाशील क्लबले शिक्षा, स्वास्थ्य, वातावरणका साथै बिपत जस्ता मूलभूत क्षेत्रमा रही सामाजिक मानवीय कार्य गर्दै आइरहेको

161Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected