0Shares

पोखरा भ्यूज
पोखरा । पोखराको गणेशटोल स्थित फेवा पब्लिक स्कुलले आयोजना गरेको खेलकुद प्रतियोगिता शुक्रवार सम्पन्न भएको छ । प्रतियोगिता बिहिवारदेखि शुरु भएको हो । अन्तर सदनात्मक र कक्षागत रुपमा आयोजना गरिएको प्रतियोगितामा प्री-नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए । कक्षा प्री- नर्सरीदेखि युकेजी सम्मका बिद्यार्थीहरुका लागि बेलुन फुटाउने, मिठाइ दौड लगायतका खेल समावेश गरिएको थियो भने कक्षा १ देखि १० सम्मका बिद्यार्थीहरुका लागि कुर्सी दौड, रस्साकसी, घैटो फुटाउने, रिले दौड, ८ मिटर दौड, लगायतका खेलहरु समावेस गरिएको थियो ।
यस अघि पोखरा महाशखाका शिक्षा अधिकृत जीवन रेग्मी र बिधालयका प्राचार्य अचुत पाण्डेले संयुक्तरुपमा बेलून उडाएर कार्यक्रमको उद्घाटन गरेका हुन् । सो अवसरमा बोल्दै विद्यालयका प्राचार्य अचुत पाण्डेले बिद्यार्थीको शारीरिक र मानसिक बिकासकालागी खेलकुद आवाश्यक रहेको उल्लेख गरे । सहायक प्राचार्य प्रमोद पाण्डेले बिद्यार्थीलाई अनुशासनका लागि खेलकुद आवश्यक रहेको उल्लेख गरे

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected