110Shares

पोखरा भ्यूज

पोखरा, ३० मंसिर । पोखरामा रहेका लायन्स क्लबहरूले पारिवारिक बनभोज गरेका छन् आफ्ना क्लब सदस्य परिवारका सदस्यबीच आत्मियता सद्भाव बढाउने तथा सुखदुःखको कुराकानी गर्ने अबसर जुटाउनको लागि पौष ३० गते उनिहरूले रमाइलो बनभोज कार्यक्रमको आयोजना गरेका हुन्

लायन्स डिष्ट्रिक्ट ३२५ आई अन्तर्गतका क्लबहरू लायन्स क्लब अफ पोखरा डल्फ़िन, न्पू भिजन, गृहलक्ष्मी र पोखरा ग्लोरीले पोखरा११, काहुँ डाडाँमा परिवारका सदस्य सहित संयुक्त बनभोज कार्यक्रम गरेका हुन् ।      

लायन्स क्लब अफ पोखरा डल्फ़िनका अध्यक्ष रेवती भण्डारीको अध्यक्षता डिष्ट्रिक्ट ३२५ आई नेपालका निवर्तमान डिष्ट्रिक़्ट गभर्नर रामबहादुर बसेलको प्रमुख आतिथ्यता, डिष्ट्रिक्टका प्रथम भाईस गभर्नर बिनोद ढुङगानाको बिशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा डिष्ट्रिक्टका सिनियर लिड़रहरूको उपस्थिति रहेको थियो । 

लायन्स क्लब अफ पोखरा ग्लोरीका संस्थापक अध्यक्ष अग्रिम श्रेष्ठको संचालन रहेको कार्यक्रममा कार्यक्रम संयोजक एडिशनल डिष्ट्रिक्ट कोअर्डिनेटर तिलक तिवारी, लायन्स क्लब अफ पोखरा गृहलक्ष्मीका अध्यक्ष शारदा पोखरेल तिवारीलगाएतले आफ्नो भनाई सहित डिष्ट्रिक्टका सिनियर लिडर सहित अन्यलाई स्वागत गरेका थिए

यसैगरी, लायन्स क्लब अफ पोखरा गुडविलले पोखरा२८, कालिकास्थानमा पारिवारिक बनभोज कार्यक्रमको आयोजना गर्यो । क्लबका अध्यक्ष बिपिन सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिष्ट्रिक्टका प्रथम भाईस गभर्नर बिनोद ढुङगानाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा डिष्ट्रिक्टका सिनियर लिड़रहरूको उपस्थिति रहेको थियो। 

कार्यक्रममा क्लब संस्थापक अध्यक्ष अमृत प्रसाद तिवारीलाई क्लबको स्थापनादेख़ि अनवरत रूपमा क्लबको बृतिबिकासका लागि पुर्र्याएको योगदान स्वरूप सम्मानित गरिएको थियो क्लब अध्यक्ष सुवेदीले क्लबका सदस्य एवं सदस्यको परिवारलाई मायाको चिनो उपलब्ध गराएका थिए । कार्यक्रमको संयोजन अशोक लम्सालले गरेका थिए । 

बनभोज कार्यक्रममा बोल्दै निवर्तमान डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेलले आफ्ना क्लब सदस्य परिवारका सदस्यबीच आत्मियता सद्भाव बढाउने तथा सुखदुःखको कुराकानी गर्ने अबसर जुटाउनको लागि बनभोज कार्यक्रम उपयुक्त थलो रहेको बताए

प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगानाले बनभोज नितान्त फ़ेलोशिपको कार्यक्रम रहेको बताउदै सुन्दर क़ार्यक्रमको आयोजना गरेकोमा क्लब परिवार प्रति आभार व्यक्त गरे बनभोज खाने पूरानो संस्कृति हो, केही मात्रामा परिमार्जित भएर यसले विकसित रूप लिएको , लायन्सले लिएको लक्ष्यमा पुग्नका लागि यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास ढुङगानाको थियो 

110Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected