0Shares

पोखरा भ्यूज
लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको १९ औं लेखनाथ महोत्सवको तयारी तीव्र पारिएको छ । विगत २०६१ साल देखि अनवरत रुपमा सञ्चालन हुदै आइरहेको महोत्सवले स्थानीयस्तरमा उत्पादित वस्तुको बजार प्रवर्द्धन, कृषिजन्य लघु, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको प्रबर्द्धन, आवश्यक ज्ञान, उद्यमशीलता र प्रवधि हस्तानतरण गर्न सहयोग पुर्‍याउने र स्वदेशी तथा विदेशी बजार विस्तारमा सहयोग पुर्‍याउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।
हाल शिथिल अवस्थामा रहेको देशको अर्थतन्त्रलाई चलायमान गराउनु नै महोत्सवको मुख्य लक्ष्य भएको संघका वरिष्ठ उपाध्यक्ष एवं महोत्सवका सह संयोजक राजेन्द्र ओझाले वताए । ‘‘उत्पादक र उपभोक्तालाई एउटै थलोमा जमघट गरि यस क्षेत्रको आर्थिक गतिविधि बढाउने र आन्तरिक एंव बाह्य पर्यटकहरुलाई आकर्षण गरि आन्तरिक पर्यटनलाई सहयोग पुर्‍याउने नै महोत्सवको लक्ष्य हो ।’’-सह संयोजक ओझाले भने ।
अहिलेको शिथिल अर्थतन्त्रका बाबजुद पनि विभिन्न व्यापारीक प्रतिष्ठानहरु एवं व्यवसायीहरुबाट प्रायोजनतर्फ महोत्सवलाई राम्रो साथ मिलेको र यसले आफुहरुलाई राम्रो हौसला मिलेको प्रायोजक व्यवस्थापन तथा उप-समिति परिचालन समितिका संयोजक समेत रहेका ओझाले वताए । महोत्सवमा अटो, शैक्षिक प्रदर्शनी, कृषि, किचन, मेसिनरी, ह्याण्डिक्राफ्ट, गार्मेन्ट, जनरल, फुड एण्ड वेभरेज, डेरी, सूचना तथा प्रविधि, रेष्टुरेण्ट, बैंक तथा वित्तिय संस्थाका स्टलहरु रहनेछन ।
महोत्सवमा औद्योगिक ब्यापार मेला, हस्तकलाका सामानहरुको प्रदर्शनी तथा बिक्री, दैनिक उपभोग्य वस्तु तथा खाद्यान्नको प्रदर्शनी तथा बिक्री, विद्युतीय उपकरणहरुको प्रदर्शनी तथा बिक्री हुने जनाइएको छ । महोत्सवमा सूचना प्रविधि तथा सञ्चारका उपकरणहरु, पर्यटन तथा लेखनाथ क्षेत्रका गतिविधिहरु पनि प्रदर्शनी गरिनेछ । यस्तै, फुड फेष्टिवल, अटोमोवाइल प्रदर्शनी, वित्तीय तथा अन्य सेवामूलक संघसंस्थाको सेवा तथा जानकारी पनि महोत्सवमा राखिने ओझाले बताए ।
पुस ५ देखी १६ गतेसम्म सञ्चालन हुने महोत्सवमा दिउँसो लोकदोहोरी कार्यक्रम र साँझमा पप कन्सर्ट हुने भएको छ । दिउँसो लोक दोहोरी कार्यक्रम हुनेछन् भने साँझमा चर्चित व्याण्डहरुले स्टेज तताउने आयोजकले जनाएको छ । महोत्सवको अवसरमा रत्यौली प्रतियोगिता विशेष आकर्षणका रुपमा रहने जनाइएको छ ।
लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा हुने १९ औं संस्करणको महोत्सवलाई पोखरा इको रेड ब्रिक्स प्रा.लि.ले मुख्य प्रायोजन गरेको छ भने सह-प्रायोजकमा पशुपति बिस्कुट र हेटौंडा डेरी, फुड फेस्टीभल प्रायोजकमा न्यूट्रीप्लस शुद्ध तोरीको तेल र प्रर्वद्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेको छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected