२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

लेखनाथ पत्रकार मञ्चको आठौं स्थापना दिवस मनाइयो

पोखरा भ्यूज
लेखनाथ । लेखनाथ पत्रकार मञ्चले आफ्नो आठौं स्थापना दिवस एक कार्यक्रमका बीच आज मनाएको छ ।
पृथ्वी राजमार्गको अर्घौं चोकमा अवस्थित कवि शिरोमणि लेखनाथ पौड्यालको प्रतिमामा माल्यार्पण एवम् सरसफाई गर्दै मञ्चले स्थापना दिवस मनाएको  हो ।
कार्यक्रममा अर्घौ बजार ब्यवस्थापन समितिका अध्यक्ष टिकाराम सापकोटाले कवि शिरोमणिकै नाम जोडेर स्थापित मञ्चका कामहरू उहाँप्रति उच्च सम्मान र साहित्यिक क्षेत्रको योगदानलाई थप टेवा पुग्ने गरी गर्नुपर्ने आवश्यकता औंल्याए ।
मञ्चका सल्लाहकार एवम्  राष्ट्रिय समाचार समिति गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेलले कविशिरोमणि लेखनाथ पौड्यालको अघौंचोकस्थित शालिकको विशिष्ट महत्व रहेको बताउँदै सडक विस्तारका क्रममा यसको विशेष संरक्षण गरिनुर्नेमा जोड दिए । बृहत् पोखराका नाममा लेखनाथ क्षेत्र पोखरा महानगरपालिकामा समेटिएका अवस्थामा कतै यो क्षेत्र ओझेलमा पर्ने होकी भन्ने भन्ने चासो र चिन्ता बढीरहेको उनले बताए ।
लेखनाथ पत्रकार मञ्चका अध्यक्ष कविराज खनालको अध्यक्षता एवम् सचिव विष्णुहरि पौडेलले सञ्चालन गरेको कार्यक्रममा लेखनाथ क्लबका अध्यक्ष बालगोपाल श्रेष्ठ,  मञ्चका निवर्तमान अध्यक्ष भीमपाणि बराल, सल्लाहकार सन्दिप पौडेल लगायतले पत्रकार मञ्चका माध्यमबाट आगामी दिनमा लेखनाथ क्षेत्रको उन्नयनका लागि कलम चलाउन शुभकामना दिए ।
कवि शिरोमणि लेखनाथ पौड्यालको नाममा साविक लेखनाथ नगरपालिका क्षेत्रमा रही यस क्षेत्रको उन्ननयमा पत्रकारिताका माध्यमबाट योगदान गर्ने सञ्चारकर्मीको साझा संस्थाका रुपमा २०६७ साल पुस २१ गते तत्कालीन राष्ट्रिय समाचार समिति पश्चिमाञ्चल क्षेत्रीय कार्यालय(हालको रासस गण्डकी प्रदेश कार्यालय) नयाँ बजार पोखरामा मञ्चको स्थापना भएको हो । स्थापित मञ्च वि सं २०७३ मंसिर ३० गते विधिवत् जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको दिनलाई स्थापना दिवसका रुपमा मनाउँदै आइएको छ ।
यसै बीच मञ्चले हरेक वर्ष पुस १५ गते कवि शिरोमणिको  जन्मजयन्तीका अवसर पारेर प्रदान गरिने लेखनाथ पत्रकारिता पुरस्कारको प्रतिभा छनोैटका लागि समिति गठन गरिएको छ । मञ्चका अध्यक्ष कविराज खनालको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिमा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठ, मञ्चका निवर्तमान अध्यक्ष भीमपाणि बराल, सचिव विष्णुहरि पौडेल र सल्लाहकार वासुदेव पौडेल रहेको संघले जनाएको छ ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…