1Shares

पोखरा भ्यूज
१ पुस, काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडले हकप्रद शेयरमा आवेदन दिने म्याद थप गरेको छ । अब घलेम्दी हाइड्रोका शेयर सदस्यले पुस १६ गतेसम्म आवेदन दिन सक्ने छन् ।

मंसिर १० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने म्याद पुस १ गतेसम्म तोकिएको थियो । मंसिर ३० गते शनिबार साँझ ५ः०८ बजेसम्ममा कम्पनीको हकप्रद शेयरमा ४६ लाख १७ हजार ६३२ कित्ता शेयरका लागि आवेदन परेको सिडिएससीले जनाएको छ। पर्याप्त आवेदन नपरेका कारण कम्पनीको हकप्रद शेयर निष्काशन अवधि लम्बिएको हो।

कम्पनीले हाल कायम चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो। अर्थात कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ २ कित्ता शेयर निष्काशन गरेको हो। यस अनुसार कम्पनीले १ अर्ब १० करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड १० लाख कित्ता हकप्रद शेयर निष्काशनमा ल्याएको छ।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले कात्तिक ३ गते बुकक्लोज गरेको थियो। यस अनुसार कात्तिक २ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन पाउनेछन्।

 

1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected