२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

भु.पू. विद्यार्थी मञ्च आनन्द ज्योति मा. वि.को अध्यक्षमा कडेल

पोखरा भ्यूज

पोखरा । भु.पू. विद्यार्थी मञ्च आनन्द ज्योति मा. वि.बेगनासको अध्यक्षमा विकास प्रसाद कडेल निर्वाचित भएका छन् । शनिबार सम्पन्न मञ्चको चौथो बार्षिक साधरण सभा एवं दोस्रो अधिबेशनबाट कडेल सर्वसम्मत अध्यक्षमा निर्वाचित भ​एका हुन् ।

त्यस्तै मञ्चको उपाध्यक्षमा सुशिला अधिकारी सिग्देल, सचिवमा कृष्णराज आचार्य, कोषाध्यक्षमा अर्जुन पौडेल निर्वाचित भएका छन् । यसैगरी सदस्यहरुमा केशवराज तिवारी, गोमा सोती, टेकनाथ पोख्रेल, अनिता अधिकारी पोख्रेल, महेन्द्र सुबेदी, बिजयराज अधिकारी र प्रकाश सापकोटा चयन भ​एका छन् ।

संस्थाका सल्लाहकार प्राध्यपाक बिश्वराज अधिकारी संयोजक र बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष तिर्थराज अधिकारी, प्रधानध्यपक शिबराज अधिकारी सदस्य रहेको निर्वाचन मण्डलले निर्वाचन प्रक्रिया सम्पन्न गरेको थियो । नयाँ कार्यसमितिका सबै पद सर्वसम्मत चयन गरिएको मञ्चले जनाएको छ ।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथी शिक्षा बिकास निर्देशनालय गण्डकी प्रदेशका उपमहानिर्देशक घनश्याम पौडेलले शिक्षा क्षेत्रको बिकासका लागि पुर्व विद्यार्थीहरुको ठुलो भुमिका रहने बताउदै यस बिद्यालयमा पुर्व विद्यार्थीहरु संगठित रुपमा लागेकोमा आफुलाई खुसी लागेको बताए । बिद्यालयको शैक्षिक सुधारका लागि आफु बिद्यालय र पुर्वू. विद्यार्थीहरुको संस्था संग सहकार्य गर्न तयार रहेको उनको भनाई थियो ।

कार्यक्रमका बिशेष अतिथी समेत रहेका आनन्द ज्योति माध्यमिक बिद्यालयका पुर्व प्रधानाध्यापक फडिन्द्र मोहन शर्मा अधिकारीले बिद्यालयका पुर्व बिद्यार्थी संगठित भएकोमा खुसी लागेको बताउदै शैक्षिक गुणस्तर सुधारमा यस मञ्चले भुमिका खेल्ने अपेक्षा ब्यक्त गरे ।मञ्चले सबै पुर्व बिद्यार्थीहरुलाई एउटै छाता मुनि समेट्न सफल हुनुपर्नेमा उनको जोड थियो ।

बिशेष अतिथी पोखरा महानगरपालिका वडा नम्वर ३१ का निबर्तमान वडा अध्यक्ष कमल बहादुर थापाले आफ्नो कार्यकालमा यस बिद्यालयको शैक्षिक र भौतिक सुधारमा प्रयास गरेको बताउदै आफु बाहिर रहे पनि बिद्यालयको हितमा काम गरिरहने प्रतिबद्दता ब्यक्त गरे ।

कार्यक्रममा संस्थाका सल्लाहकार एवं निर्वाचन कमिटीका संयोजक प्राध्यापक बिश्वराज अधिकारीले शैक्षिक क्षेत्रमा राजनिती गर्न नहुने भन्दै प्रागिक थलोको गरिमालाई उच्च बनाउन मञ्चले भुमिका खेल्न सक्नु पर्ने बताए । पोखरा महानगरपालिका ३१ का वडा सदस्य देबेन्द्रराज अधिकारीले बिद्यालयको लागि मञ्च सँग हातेमालो गरेर वडा कार्यलय अगाडि बढ्न तयार रहेको बताए ।

मञ्चका अध्यक्ष नबराज अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुर्व न्यायधिस डिल्लीरमण तिवारी, संस्थाका पुर्व सल्लाहकार डा बिष्णुहरी तिमिल्सिना, संस्थाका लेखा परिक्षक चन्द्र बहादुर सुबेदी, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तिर्थराज अधिकारी, प्रधानध्यापक शिबराज अधिकारी, शिक्षक मंहासघका केन्द्रिय सदस्य लोचना अधिकारी, आजिवन सदस्यको तर्फबाट टेकनाथ पोख्रेल, भु.पू.बिद्यार्थी मञ्चहरुको तर्फबाट रामकृष्ण तिमिल्सिना, मञ्चका कोषाध्यक्ष सुशिला अधिकारी सिग्देल लगायतले शुभकामना ब्यक्त गरेका थिए । मञ्चका उपाध्यक्ष बिकास प्रसाद कंडेलले स्वागत गरेको कार्यक्रमको संचालन सचिव​ श्रीराम कडेल गरेका थिए ।

कार्यक्रममा मञ्चलाई सहयोग गर्ने संस्था र ब्यक्तीलाई सम्मान गरिएको थियो भने मञ्चका अजिबन सदस्यहरुलाई आजिबन सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो । साधारणसभाबाट अध्यक्ष र कोषाध्यक्षका प्रतिबेदन सर्वसम्मत पारित भ​एका छन् ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…