२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

एक्मी एजुकेसनद्वारा बिधालयमा न्यानो कपड़ा वितरण

पोखरा भ्यूज

पोखरा, १ पुस । एक्मी एजुकेसन एण्ड ट्रेनिङ इन्टिच्युट, चिप्लेढुङ्गा पोखराले तनहुँको व्यास नगरपालिका वडा नं ८ बाहुनपोखरास्थित सहजीवन प्राथमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । इन्टिच्युटले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयका छात्रछात्रालाई स्वेटर, टोपी लगायतका समाग्री हस्तान्तरण गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि व्यास नगरपालिका वडा नं ८ का वडा अध्यक्ष युवराज गुरुङले ग्रामिण भेगको विद्यालयमा आएर सहयोग गरेकोमा धन्यवाद व्यक्त गरेका थिए । यस किसिमको सहयोगले विद्यार्थीलाई अध्ययनका लागि थप प्रोत्साहित गर्ने उनले विश्वास व्यक्त गरे ।

इन्ष्टिच्युटका अध्यक्ष एवम् पोखरा–२६ का जनप्रतिनिधि सुदिपराज ढुङ्गानाले संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको बताउँदै आँफूहरूले यस किसिमको सहयोगलाई निरन्तरता दिने बताए ।

इन्स्टिच्युटका प्रबन्ध निर्देशक सुजता आचार्य ढुङ्गानाले संस्थाका तर्फबाट गरिएको सानो सहयोगले विद्यालयका छात्राछात्रालाई महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

२०७९ माघमा स्थापित भई पोखराको चिप्लेढुङ्गामा कार्यालय सञ्चालन गरिरहेको इन्टिच्युटले क्यानाडा, अष्ट्रेलिया, अमेरिका, युरोपियन लगायत विभिन्न ३३ वटा देशमा शैक्षिक परामर्श सहित युवाहरू लक्षित उद्यमशिलताको विकास गर्ने किसिमका रोजगारमुलक तालिमहरू प्रदान गर्दै आएको छ ।

विद्यालय व्यवस्थापन समितिका कावा अध्यक्ष एवम् वडा सदस्य रामप्रसाद मिश्रको अध्यक्षता एवम् वडा सचिव गोविन्द मिश्रले सञ्चालन गर्नुभएको कार्यक्रममा विद्यालयका प्रअ इन्दिरा घिमिरे ढुङ्गाना, विद्यालयका अभिभावक रोजिना पौडेल, मंगला क्याम्पस सोतीपसलका निवर्तमान अध्यक्ष युवराज घिमिरे लगायतले बोलेका थिए ।

२०३७ सालमा स्थापित विद्यालयले यस क्षेत्रको शैक्षिक उन्नयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । विद्यालयको संस्थापक अध्यक्षका रुपमा हालका राष्ट्रपति रामचन्द्र पौडेल रहेका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…