632Shares

पोखरा भ्यूज

अन्नपूर्ण, कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका१०, घान्द्रुकस्थित श्री मेश्रम बराह माविले हीरक जयन्ती मनाउने भएको छ । स्थापना भएको ७५औं वर्ष पुगेको अवसरमा आगामी फागुन १५ देख़ि १७ गतेसम्म विद्यालयले हिरक जयन्ती मनाउने भएको बिधालय ब्यवस्थापन समितिका अध्यक्ष एवं हीरक जयन्ती मूल आयोजक समितिका संयोजक लक्षिन गुरूङले बताए २००६ सालमा स्थापना भएको यस विद्यालयले यस अघि पनि विविध कार्यक्रम गर्दै आएको

तीन दिन सम्म संचालन हुने हीरक जयन्ती समारोहमा विविध कार्यक्रम सहित मनाईने संयोजक गुरूङले बताए उनका अनुसार उद्घाटनको पहिलो दिन झाँकी प्रदर्शन, बिबिध खेलकुद भलिबल/फुटबल/बास्केटबल, विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरिने भएको दोस्रो दिनमा अघिल्लो दिनबाट सुरू भएका खेलकुद गतिविधि सहित भू.पू. शिक्षक/विद्यार्थी पूनर्मिलन तथा सम्मान, चन्दादाताहरुलाई सम्मान   बेलुका ख्यातिप्राप्त कलाकारहरुको साथमा विविध साँस्कृतिक कार्यक्रम हुनेछ त्यस्तै, तेस्रो दिनको समापनको अवसर पुरस्कार वितरण, सो बिधालयमा अध्ययन गर्नुभई विभिन्न उच्च ओहोदामा पुग्न सफल व्यक्तिहरुलाई सम्मान गरी समापन गरिने ।          

हीरक जयन्ती समारोह सम्पन्न गर्नका लागि करिव ५० लाख ७० हजार खर्च लाग्ने अनुमान गरिएको अर्थ संकलन उपसमितिका संयोजक ललित गुरूङले बताए हीरक जयन्तीको आम्दानीका लागि विभिन्न शीर्षकका सम्मानका कार्यक्रम राखिएको पनि गुरूङले बताए

विद्यालयका प्रधानाध्यापक यमप्रसाद भण्डारीका अनुसार हीरक जयन्तीका अवसरमा स्मारिका प्रकाशन , हिरक स्तम्भ निर्माण, स्वास्थ्य शिविर तथा प्राथमिक उपचार लगायतकका कार्यक्रमहरु पनि गरिनेछ त्यसैगरी विद्यालयको शैक्षिक क्षेत्रलाई सहयोग गर्नेहरुलाई सम्मान समेत गरिनेछ

हीरक जयन्ती सभ्य भव्य रूपमा सम्पन्न गर्नका लागि हीरक जयन्ती मुल आयोजक समिति संयोजक लक्षिन गुरुङ संयोजकत्वमा विभिन्न उपसमितिहरू गठन गरी कार्य अघि बढ़ाईएको ।उपसमिति संयोजकहरूमा अर्थ संकलनमा ललित गुरुड, प्रचार प्रसारमा शुभ गुरुङ, खेलकुद तथा अतिरिक्त क्रियाकलापमा पुर्ण प्रसाद गुरुङ, हीरक स्तम्भ निर्माणमा राजेन्द्र गुरुङ, साँस्कृतिकमा कुल प्रसाद गुरुङ, झाँकी प्रदर्शन तथा व्यवस्थापनमा जगनप्रसाद गुरुड, हीरक स्मारिका प्रकाशनमा सीता खनाल पौडेल रहेका छन् ।    

यसैगरी, अतिथि सत्कार उप समितिमा बिक्रम गुरूङ, जलपान व्यवस्थापनमा कमला गुरुङ, मञ्च ब्यवस्थापनमा सन्तोष क्षेत्री, स्वास्थ्य शिविर तथा प्राथमिक उपचार विश्वास गुरूङ, स्वयम सेवक परिचालनमा कृष्ण प्रसाद गौतम, हीरक द्वार निर्माणमा मे. ललित बहादुर गुरुङ, सुरक्षा व्यवस्थापनमा राज बजगाँई, भू.पू. विद्यार्थी पूनर्मिलनमा कुमार प्रसाद गुरुड, भूपू शिक्षक पूनर्मिलनमा कृष्ण प्रसाद पौडेल रहेका छन् भने अनुगमनमा वडा नं. १० ११ का वडाध्यक्ष गौतम गुरूङ हिमबहादुर गुरूङ रहेका छन्

बिधालयले स्मारिका लेखन तथा संकलन गरी हीरक जयन्ती सम्पन्न गर्न सवैलाई सहकार्य सहयोग गर्न पनि आग्रह गरेको छ ।  विद्यालयको हालसम्मको उपलब्धिलाई संस्थागत गर्न यसले ठुलो सघाउ पुग्ने मूल आयोजक समितिका संयोजक एवं अध्यक्ष लक्षिन गुरूङको भनाई

632Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected