17Shares

पोखरा भ्यूज
पोखरा, १ पुस । नेपाली काँग्रेस गण्डकी प्रदेशको प्रथम प्रदेश सम्मेलनको तयारी पुरा भएको छ । पुस ३ र ४ गते पोखरामा हुने सम्मेलनको तयारी पूरा भएको कांग्रेसले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने सम्मेलनमा प्रदेशले राजनीतिक, सांगठानिक र आर्थिक प्रतिवेदन तयार गरिएको आइतवार पाटी कार्यलयमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले जानकारी दिए । शर्माका अनुसार सम्मेलनको पहिलो दिन पोखरा सभागृहमा उद्घाटन हुनेछ भने दोस्रो दिन पोखरा पाटी प्यालेसमा बन्द सत्र हुनेछ ।
११ वटै जिल्लाबाट काँग्रेसका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहने सम्मेलनमा काँग्रेसका केन्द्रीय नेताहरू, सातवटै प्रदेशका सभापति सहभागी बन्ने कार्यक्रम रहेको छ । दोस्रो दिन ४ गते हुने सम्मेलनको बन्द सत्रमा प्रदेश निर्वाचन क्षेत्रका ३६ जना सभापति र प्रत्येक प्रदेशका आठ आठ जना गरी कुल ३२४ जना प्रतिनिधि एवम् गण्डकी प्रदेश कार्यासमितिका ८१ जना गरी कुल ४०५ जना सहभागी बन्ने छन् ।

17Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected