
पोखरा भ्यूज
४ पुस, काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका सबै ६ जनाकै नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन गरिएको छ ।
न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेका सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम मंगलबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले अनुमोदन गरेको हो ।
सुनुवाई समितिले गत शुक्रबारदेखि उनीहरुमाथि परेका उजुरीबारे सुनुवाई गरेको थियो । अब उनीहरुले राष्ट्रपतिबाट शपथ ग्रहण गरेपछि सर्वोच्च अदालतको न्यायाधीशका रूपमा कामकाज सुरु गर्ने छन् ।











