8Shares

पोखरा भ्यूज

पोखरा । नेपाल पत्रकार महासंघ कास्की शाखाद्वारा सञ्चालित सूर्यप्रेम बहुउद्देश्यीय समाजसेवा ट्रस्टद्वारा स्थापित कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मान तीन जना अग्रज पत्रकार अर्पण गरिएको छ ।
पूर्व सांसद तथा उद्योगपति स्व.सूर्यबहादुर केसीको परिवारले स्थापना गरेको कीर्ति स्मृति वृत्ति सम्मान नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय अध्यक्ष डा.सुरेश आचार्य, पत्रकार महासङ्घकास्कीका पूर्व अध्यक्षहरू माधव शर्मा कृष्णप्रसाद बास्तोलालाई अर्पण गरिएको हो ।

उनिहरूलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्र पाण्डे र परिवारका सदस्यले सो पुरस्कार अर्पण गरेका हुन्  उनीहरू तीनै जनालाई जनही लाख ११ हजार सय ११ नगद अर्पण गरिएको नेपाल पत्रकार महासंघका अध्यक्ष विमला भण्डारीले जानकारी दिइन्

पुरस्कार छनोट समिति २०७७ को संयोजकमा महासंघ कास्कीका पूर्व अध्यक्ष पुण्य पौडेल, पुरस्कार छनोट समिति २०७८ २०७९ का संयोजकमा महासंघ कास्कीका पूर्व अध्यक्ष प्रेस स्वतन्त्रता सेनानी वद्रीविनोद प्रतीक रहेका थिए

पोखराका प्रथम निर्माण व्यवसायी स्व.कीर्तिबहादुर के.सी.को स्मृतिमा स्थापित यो पुरस्कार २०७३ बाट अर्पण गर्न सुरु भएको हो

पुरस्कार अर्पण पश्चात आफ्नो मन्तव्य राख्दै नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाले नकरात्मक भन्दा रचनात्मक पत्रकारितामा लाग्नुपर्ने आवश्यकतालाई औंल्याएका छन् । नेपाल पत्रकार महासंघ कास्कीले आयोजना गरेको कीर्ति स्मृति पत्रकारिता वृति सम्मान अर्पण समारोह कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै उनले पत्रकारिता जगतले नकरात्मक पक्षलाई भन्दा पनि सकरात्मक विषयलाई उठान गर्नुपर्ने बताए ।

नागरिकलाई सही सूचना प्रवाह गरी देशको वर्तमान अवस्थाको रुपान्तरणमा सगाउन उनको आग्रह छ । स्वच्छ पत्रकारिताको खाँचो भएको भन्दै पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउन सरकार लागिपर्ने प्रतिबद्धता व्यक्त गरे । सुर्य बहादुर केसी आफ्ना प्रम मित्र भएको र समाज, राजनीति र राष्ट्रका लागि महत्वपूर्ण योगदान दिएको व्यक्ति भएको देउवाले सम्झिए । पोखरा आएर पत्रकारिताका महत्वपूर्ण तीन व्यक्तिलाई सम्मान गर्न पाउँदा खुशी लागेको भनाई उनको छ ।गण्डकी सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वतन्त्र पत्रकारितालाई अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको बताए ।मिडियामा पनि व्यक्तिवादी चरित्र हाबी भएको उल्लेख गर्दै उनले नियमनको आवश्यकता रहेको औंल्याए । गण्डकी सरकार आमसंचार विधेयक मार्फत मिडियालाई कुण्ठित नभई नियमन गर्न तर्फ अग्रसर रहेको भनाई उनको छ । मिडिया क्षेत्रमा भएको छाडातन्त्रलाई रोक्नका लागि नियमनको आवश्यकता रहेको उनले बताए । यद्धपी सरकारले सदैव स्वतन्त्र प्रेसको वकालत गर्ने भनाई समेत उनको छ ।

8Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected