पोखरा भ्यूज
अन्नपूर्ण, कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–१ मा रहेको श्री परशु आधारभूत बिधालयले आफ्नो ६४औं स्थापना दिवसमा विविध कार्यक्रम सहित मनाउने भएको छ । बिधालय ब्यवस्थापन समितिका अध्यक्ष केदारनाथ अधिकारीको अध्यक्षतामा मंसिर ३० गते बसेको बैठकले यहि पुस ९ गते विविध कार्यक्रम सहित ६४औं स्थापना दिवस मनाउने निर्णय गरेको बिधालयका प्रधानाध्यापक कलाधर भुगाईले जानकारी दिए ।

सो दिनको अवसरपारी श्री परशु शैक्षिक प्रतिष्ठानको बिधिवत शुभारम्भ समेत गर्ने निर्णय सहित बिधालयले शैक्षिक प्रतिष्ठानका प्रमुख संरक्षक, पदाधिकारी लगाएत सदस्यलाई सम्मान, जेष्ठ नागरिक सम्मान, बिधार्थीलाई न्यानो कपड़ा वितरण लगाएतका कार्यक्रम गर्ने भुगाईले बताए ।


बिधालयको स्थापना दिवसलाई सभ्य र भब्य रूपमा सु–सम्पन्न गर्नका लागि बिधालय ब्यवस्थापन समितिका अध्यक्ष केदारनाथ अधिकारीको अध्यक्षतामा विभिन्न उप–समिति समेत गठन गरेको छ। जसमा जेष्ठ नागरिक सम्मानमा कृष्णबहादुर कुँवर ‘ए’ र उद्दिमबहादुर कुँवर, सम्मान–पत्र तयारीमा ओमकार अधिकारी, लक्ष्मण अधिकारी र बिष्णुप्रसाद अधिकारी, अतिथि सत्कारमा कृष्णबहादुर कुँवर ‘बी’, ‘ए’, महेन्द्र कुँवर, एकनारायण अधिकारी, प्रेमबहादुर कुँवर र मिलन कुँवर रहेका छन् । त्यस्तै, निमंत्रणा एवं पत्रचारमा बिधालय प्रशासनका साथै ओमकार अधिकारी र बिष्णुप्रसाद अधिकारी, मंच ब्यवस्थापनमा हरिप्रसाद भुगाई, राम्जी अधिकारी र तुलसी बराल, मालाको लागि आमा समूह र बिधालयका शिक्षिकालाई जिम्मेवारी प्रदान गरिएको छ । यसैगरी, चिया खाजा ब्यवस्थापनमा एकबहादुर कुँवर, विचित्रध्वज कुँवर, महेन्द्रराज अधिकारी र रती कुँवर, स्वयम् सेवकमा जिवन बहादुर कुँवर, इन्द्रबहादुर नेपाली, कमल कुँवर, मिनु कुँवर, मिलन कुँवर र अम्बिका कुँवर रहेका छन् ।





