
पोखरा भ्यूज
लमजुंग । आगामी माघ ५ र ६ गते लमजुंगमा हुने लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो क्याबिनेट मिटिङको तयारीलाई तीव्र पारिएको छ । मिटिङ तयारीका लागि लायन्स क्लव अफ लमजुङ बेसीशहरका संस्थापक अध्यक्ष एवं लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका सिनियर एड्भाईजर सुरेशकुमार प्रधानको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । प्रधान संयोजक रहेको विभिन्न १४ वटा उप–समितिहरूले आफ्नो जिम्मेवारी तदारूकता साथ अघि बढ़ाएका छन् ।

जस मध्ये सहभागी रजिष्ट्रेसनले आफ्नो कामलाई अगाडी बढ़ाएको छ । प्रि–रजिष्ट्रेशनका लागि बाग्मती क्षेत्रमा धिरज श्रेष्ठ, रामहरी अर्याल, संगिता शर्मा, संगिता थापा के सी र शुशिल कुमार बस्न्यात त्यस्तै, गण्डकी क्षेत्रमा नगेन्द्र राज बराल, हिरा भण्डारी, गंगा बिलास लोहनी, मोहन राज पौडेललाई जिम्मेवारी सुम्पेको रजिष्ट्रेशन उप–समिति संयोजक एवं लायन्स क्लब अफ लमजुंग टुगेदरका वि क्यानका अध्यक्ष शोभा ठकुरीले बताईन् । संयोजक ठकुरीले भनिन् डिष्ट्रिक्ट अन्तर्गतका सम्पूर्ण क्लबहरूलाई फोन मार्फ़त निमंत्रणा गर्दै प्रि–रजिष्ट्रेशनका लागि अनुरोध गरेका छौं, सकारात्मक जवाफ पाएका छौं, उल्लेख्य सहभागितामा तेस्रो क्याविनेट मिटिङ सम्पन्न गर्ने छौं ।
सचिवालयको जिम्मेवारी सम्हालेका लायन्स क्लव अफ लमजुङ दरबारका सचिव सञ्चारकर्मी किसान संगीतले सम्पूर्ण उपसमितिहरूले आ–आफ्ना जिम्मेवारी अनुसारका कामलाई अघि बढ़ाईरहेको जानकारी दिए ।
उप–समिति संयोजकहरूमा आर्थिकमा सुरेशकुमार प्रधान, प्रचारप्रसार तथा स्मारिका प्रकाशनमा किसान संगीत, स्थानीय तह संयोजनमा बुनाकुमारी रिमाल, अतिथि सत्कारको लागि सरिता सापकोटा, मञ्च/गेट र टेन्ट ब्यवस्थापनमा विजय घिमिरे, खाना/बास/खाजा व्यवस्थापनमा सरोज शर्मा वाग्ले, किट् व्यागमा लक्ष्मण न्यौपाने, पार्किङ व्यवस्थापनमा गणेशमान श्रेष्ठ, खानेपानीमा सवनम मिया, स्वास्थ्य डेक्सको लागि त्रिलोकचन्द्र गुरुङ, झाँकी तथा साँस्कृतिक व्यवस्थापनमा पार्वती श्रेष्ठ, स्वयंसेवक परिचालनमा सुगम देउजा र मल्टिमिडिया व्यवस्थापन उपसमिति संयोजकमा प्रमोद अधिकारी रहेका छन् ।
जिल्लास्थित चार वटा लायन्स क्लवहरू, लायन्स क्लब अफ लमजुङ बेसीशहर, टुगेदर वि क्यान, लमजुङ दरबार र लमजुङ ग्लोवल सिटीको संयुक्त व्यवस्थापनमा सम्पन्न हुने बैठकमा डिष्ट्रिक्ट अन्तर्गतका सम्पूर्ण क्लवबाट करिब १ हजार २ सयको सहभागिता रहने अनुमान गरिएको छ भने बैठकका लागि बेसीशहर नगरपालिका वडा नं ८ स्थित फूलबारीमञ्च परिसरमा तय गरिएको छ ।







सम्बन्धित खवर
















