२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

परशु आधारभूत बिधालयको ६४औं स्थापना दिवसका दिन परशु शैक्षिक प्रतिष्ठानको समुद्घाटन हुने

पोखरा भ्यूज

अन्नपूर्ण, कास्की । श्री परशु आधारभूत बिधालयको ६४औं स्थापना दिवसका दिन परशु शैक्षिक प्रतिष्ठानको बिधिवत समुद्घाटन हुने भएको छ । समाजमा पिछडिएका बर्गको शैक्षिक बिकाशका लागि बालबालिकाहरुलाई छात्रवृद्धि प्रदान गर्ने, शैक्षिक बिकाशका लागि आबश्यक तालिम कार्यशाला अन्तकृया लगायत कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले प्रतिष्ठान गठन गरिएको बिधालय ब्यवस्थापन समितिका अध्यक्ष केदारनाथ अधिकारीले बताए ।

कास्कीको अन्नपूर्ण–१, भारतीडाडाँ स्थित सो बिधालयले पुस ९ गते मंगलवार आफ्नो स्थापना दिवसको ६४औं बर्ष मनाउँदै छ ।

प्रतिष्ठान संचालनका लागि बिधालयका पूर्व प्रधानाध्यापक एवं अन्नपूर्ण-१ का वडाध्यक्ष तुलसीप्रसाद अधिकारीको अध्यक्षतामा ७ सदस्यीय समिति गठन गरिएको छ । जसमा, उपाध्यक्षमा संगीता नेपाली, कोषाध्यक्षमा ओमकार अधिकारी, सदस्यहरूमा बिष्णुप्रसाद अधिकारी, कृष्णबहादुर कुँवर ‘ए’, उद्दिम बहादुर कुँवर र सदस्य सचिवमा बिधालयका प्रधानाध्यापक कलाधर भुगाई रहेका छन् । जसको औंपचारिक घोषणा उक्त दिन हुनेछ । 

शैक्षिक प्रतिष्ठानको सन्दर्भ

बिधालयका संस्थापक समेत रहेका पूर्व शिक्षक एवं सेवा निवृत्त राष्ट्रसेवक प्रेमराज अधिकारी र गोमा अधिकारीको २०७७ मंसिर दुई गते सम्पन्न चौरासी पूजाको अवसरमा उहाँ र उहाँका छोराछोरीका कृति विमोचन गरिएको थियो । प्रेमराज अधिकारीको आत्मानुसन्धान, छोरी गायत्री अधिकारी पराजुली, छोरा ओमकार अधिकारी र चैतन्य अधिकारीको द्वारा लिखित “कृष्ण कथा तथा भजन”, “आत्मानुभव” र कविता संग्रह“झरीको किनार”गरी चार कृति सार्वजनिक भएका थिए ।                              

उक्त दिन सो पुस्तक विक्रिबाट प्राप्त सम्पूर्ण रक़म आफुहरू पढ़ेको पहिलो पाठशाला श्री परशु आधारभूत बिधालय, अन्नपूर्ण–१ कास्कीमा अक्षयकोष खड़ा गर्ने घोषणा गरिएको थियो । उक्तदिन तुलादानको रकमसहित परिवारका अन्य सदस्यहरूबाट रू ५ लाखबाट अक्षय कोष सुरु गरी रु १ करोड़ सम्मको अक्षयक़ोष पुर्रयाउने ओमकार अधिकारीले जानकारी गराएका थिए ।

तत् पश्चात उक्त महान कार्यमा बिधालयका पूर्व शिक्षक/बिधार्थी एवं स्थानीयहरूबाट स्वतःस्फूर्त रूपमा रकम जम्मा हुन पुगेको बिधालयका प्रधानाध्यापक कलाधर भुगाईले बताए ।

यसरी जम्मा हुन गएको रकमलाई एकिकृत गरी यस क्षेत्रको बृहद शैक्षिक बिकाशमा टेवा पुरयाउने हेतुले स्कुलको बार्षिक पुरस्कार बितरणको अबसरमा शिक्षक, बिधार्थी, अभिभाबक, समाजसेबी, तथा शिक्षाप्रेमीहरुको बिषेश भेलाले उक्त अक्षयकोषको लक्ष्य प्राप्त गर्ने, ब्यवस्थित र संगठित रुपमा शैक्षिक उन्नयनका लागि एक शैक्षिक प्रतिष्ठानको आवश्यकता महशुस गरीएकोले उक्त प्रतिष्ठान स्थापनार्थ एकतदर्थ समिती गठन गरिएको भुगाईको भनाई छ ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…